इटहरी । अक्षयकोष स्थापनार्थ झापाको शनिश्चरेमा रहेको प्रसिद्ध धार्मिक स्थल अर्जुनधारा जलेश्वरधाममा सप्ताह सञ्चालन हुने भएको छ ।

  पुर्वको पशुपतिनाथ भनेर समेत चर्चित अर्जुनधाराधाम अक्षयकोष स्थापनाका लागि यही मंसिर ८ गते देखि सप्ताह सञ्चालन गर्न लागिएको सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

   पत्रकार सम्मेलनमा अर्जुनधारा जलेश्वरधामको ४२औं अनुष्ठान अन्तरगत विश्वशान्ति तथा पितृ उद्धारका लागि साप्ताहिक अनुष्ठान आयोजना गर्न लागिएको अनुष्ठान आयोजक समितिका प्रचारप्रसार संयोजक निरज ओलीले जानकारी दिए । वि.सं.२०२३सालमा स्थापित अर्जुनधारा जलेश्वरधाममा सञ्चालन गर्न लागिएको अनुष्ठानको उद्धघाटन सिद्धयोगी कालीबाबाले गर्ने र सो कार्यक्रममा कालिगंपोगंबा १००८ मोहन प्रियाचार्य समेतको उपस्थिती रहने समेत जनाइयो ।vlcsnap-2024-11-19-17h44m05s665

अनुष्ठानमा धर्मदर्शन फाउण्डेशन नेपालका सस्थापक अध्यक्ष कुबेर सुवेदीले कथावाचन गर्ने पनि पत्रकारहरुलाई जानकारी गराइयो ।

  अनुष्ठानमा सहभागी हुन आउने टाढाटाढाका भक्तजनहरुलाई खाना तथा बासको व्यवस्था समेत आयोजकले मिलाएको वताइयो । अर्जुनधारा जलेश्वरधाममा सञ्चालन हुने धार्मिक अनुष्ठानमा छिमेकी मुलुक भारत देखि पनि ठुलो संख्यामा श्रद्धालु भक्तजनहरुको सहभागिता रहने आयोजकले अपेक्षा गरेका छन ।