इटहरी । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल वार एशोसिएसन लगायतमा  कोशी प्रदेशबाट उमेदवार छनोट गर्ने उद्धेश्यले लोकतन्त्रवादी कानुन व्यवसायीहरु कोशी प्रदेश भेला इटहरीमा भएको छ ।

   नेपाल वार एशोसिएसनको प्रदेश स्तरीय उपाध्यक्ष तथा नेपाल कानुन व्यवसायी परिषदको पार्षदका लागि डेमोक्रेटिम लर्यस एशोसिएसन नेपालले कोशी प्रदेशबाट उमेदवार छनोट गर्न प्रदेश स्तरीय भेला गरिएको हो ।WhatsApp Image 2024-11-16 at 16.53.55

   डिएलए नेपाल कोशी प्रदेश संयोजक कविता बस्नेतको अध्यक्षता तथा डिएलए नेपालका केन्द्रीय अध्यक्ष सिताराम केसीको प्रमुख आतिथ्यमा भएको भेलाले आकाँक्षीहरु मध्येबाट नेपाल वार एशोसिएसनका लागि उपाध्यक्षको उमेदवार  र  नेपाल कानुन व्यवसायी परिषदका लागि पार्षदको उमेदवार छनोट गर्ने कार्यक्रममा सहभागी अधिवक्ता रमेश पोखरेलले जानकारी दिए । कार्यक्रममा कोशी प्रदेशका डिएलएमा आवद्ध कानुन व्यवसायीहरुको सहभागिता रहेको थियो ।