इटहरी । सधै जस्तो व्यस्त हुने ढुवानीका सवारी चालक तथा सहचालकहरुलाई लक्षित गरी सुनसरीको इटहरीमा सञ्चालित नि शुल्क आखाँ परिक्षण तथा उपचार शिविरमा दुई जना वढीले सेवा लिएका छन ।
इटहरी ढुवानी एजेण्ड व्यवसायी संघको आयोजना तथा रामलाल गोल्छा आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोगमा सञ्चालित निशुल्क आँखा परिक्षण तथा उपचार शिविरमा दुई सय एघार जनाले परिक्षण गराएका हुन ।
ढुवानीका सवारी चालक ,सहचालक तथा स्थानीय गरी दुई सय एघार जनाले परिक्षण गराएको आँखा शिविरमा २१ जनाको मोतिया विन्दुको अप्रेसन गर्नु पर्ने अवस्था रहेको आयोजकहरुले जनाएका छन ।
सधै काममा व्यस्त हुने ढुवानी सवारी चालक तथा सहचालकहरुको आँखा स्वास्थ्यलाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको आयोजक इटहरी ढुवानी एजेण्ड व्यवसायी संघका सल्लाहकार तथा ढुवानी व्यवसायी महासंघका पुर्व अध्यक्ष सन्तवहादुर डुम्जनले वताए । उनले अप्रेसन गर्नु पर्ने विरामीहरुलाई रामलाल गोल्छा आँखा अस्पताल विराटनगरले इटहरीमा सञ्चालन गर्दै आएको सेवा केन्द्रमा अप्रेसनको व्यवस्था मिलाईको समेत जानकारी गराए ।
शिविरमा आँखा परिक्षण गर्न आएकाहरु गाउँघरबाट सेवा पाउदा हर्सित भएका छन । स्थानीय सत्रुधन साह आफनै गाउँमा शिविर आउदा सहज भएको वताउछन ।
शिविरमा परिक्षण , निःशुल्क औषधी र निशुल्क मोतियाविन्दुको अप्रेसनको समेत व्यवस्था मिलाएको जनाइयो । शिविरमा रामलाल गोल्छा आँखा अस्पताल विराटनगरका नेत्र चिकित्सक लगायतका प्राविधिकहरुले सहयोग पुरयाएका थिए ।




















