इटहरी । लामो समय देखि इटहरीमा सांगितिक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको ओसियन पार्क एण्ड रिसोर्ट प्रालिले खुल्ला दोहोरी साँझ सञ्चालन गर्न थालेको छ ।

   पछिल्लो समयमा लोकदोहोरीको लोकप्रियता पुर्वी नेपालमा पुनः बढ्न थालेको तर्फ मध्यनजर गर्दै इटहरी १० मा रहेको ओसियन पार्क एण्ड रिसोटले मुरली दोहोरी साँझ सञ्चालनमा ल्याएको हो ।

  नियमित लाईभ दोहोरी प्रस्तुत गर्ने गरि सञ्चालनमा ल्याइएको मुरली दोहोरी साँझको नागरिक समाज इटहरीका अध्यक्ष आरके कोयु राईको प्रमुख आतिथ्य तथा लोक दोहोरी गायिका गंगा गौतमको संयोजनमा सुरुवात गरियो । 

नियमित रुपमा सञ्चालन गर्न लागिएको दोहोरी साँझले कला संस्कृति संरक्षणमा सहयोग पुरयाउने कार्यक्रमका प्रमुख अतिथी राईले वताए । WhatsApp Image 2024-11-16 at 11.52.46

ओसियन पार्क एण्ड रिसोर्टका सञ्चालक डम्वर तामागंले विगत देखि नै गितसंगितका कार्यक्रमहरुलाई ओसियन पार्कले प्राथमिकतामा राख्दै आएकोमा अव देखि खुल्ला लोक दोहोरीलाई समेत समावेश गरेर संरक्षण गर्दै मनोरञ्जन दिनका लागी संचालनमा ल्याएकोे जानकारी गराए ।

 नियमित रुपमा व्यवसायिक प्रतिष्ठानहरुले दोहोरीलाई समावेश गर्न थालेपछि गायक, गायिका तथा वाध्यवाधकहरुले समेत अवसर पाउने गायिका गंगा गौतम वताउछिन ।

 नियमित सञ्चालन हुने दोहोरी साँझमा समय समयमा पुर्वका साथै नाम चलेका लोकदोहोरी गायक, गायिकाहरुको समेत प्रस्तुति समेटिने जनाइएको छ । 

मुरली दोहोरी साँझ उदघाटनका अवसरमा गायिका गंगा गौतम आचार्य ,गायक राजन क्षेत्री र दिपेन राईले लाईभ दोहोरी प्रस्तुत गरेका थिए । 

सारंगी बाधक,गायक भोलामान गुरुङ,सुशिल भट्टराई लगायतका गायक तथा वाध्यवाधकहरुले सहयोग गरेका थिए ।

इटहरीमा विगतमा पनि दोहोरी साँझहरु सञ्चालन भएका थिए भने केही वर्ष यता देखि दोहोरी साँझ सञ्चालन हुन छोडेले निरन्तर दिन पनी सुरु गरेको छ ।