इटहरी ।  उद्योग वाणिज्य संघ इटहरी  विगत २०५०/०५१ मा नेपाल उद्योग वाणिज्य महासंघमा "ग" वर्गमा दर्ता भएको  संघको  श्रेणी स्तरोन्नति गरी "क" वर्गमा स्थान प्राप्त गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौंबाट यस स्तरोन्नतिको मान्यता प्रमाणपत्र पाएको  उद्योग वाणिज्य संघले ऐतिहासिक उपलब्धि प्राप्त गरेको  अवसरमा खुशीयाली प्रकट गर्दै कार्यलयमा  दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रमले इटहरी क्षेत्रमा औद्योगिक र व्यापारिक क्षेत्रको प्रगतिको प्रतीकको रुपमा, व्यवसायिक समुदायलाई एकताबद्ध गराउन तथा उत्साह थप्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।IMG-20241114-WA0008 दिप प्रज्वलनको यो अवसरले संघलाई थप क्रियाशील बनाउँदै इटहरीलाई राष्ट्रिय स्तरमा एक व्यवसायिक केन्द्रको रुपमा स्थापित गर्ने प्रतिबद्धता समेत  ब्याक्त गरेका थिए ।

सोही अवसरमा संघका पदाधिकारीहरूले इटहरीका व्यवसायीहरूको योगदानको प्रशंसा गर्दै आगामी दिनमा थप योजनाहरूका साथ व्यवसायिक क्षेत्रलाई समृद्ध बनाउन  अठोट गरेका थिए ।  उद्योग वाणिज्य   संघका अध्यक्ष  जिवन पराजुलीको अध्यक्षतामा भएको दिप प्रज्वलन कार्यक्रममा सस्थापक अध्यक्ष चन्द्र बहादुर  बस्नेत , ब्यापार प्रबर्द्धन समितिका विश्व प्रसाद रिजाल, पुर्व अध्यक्ष टंक  प्रसाद दुलाल ,होटेल ब्यवसयी संघका अध्यक्ष जय प्रसाद उपाध्य ,मदिरा ब्यवसायी सङ्का अध्यक्ष राजेन्द्र राई लगायतको सहभागितामा दिप प्रज्वलन गरेका थिए ।