इटहरी । पौराणिक धार्मिक नदी वृद्ध गंगाको तटमा विगत ३४ वर्ष देखि मनाउदै आइएको श्रद्धा र निष्ठाको पर्व छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ ।
कार्तिक शुक्ल चर्तुदसी देखि सप्तमी चार दिन सम्म मनाइने छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाइएको हो ।
पत्रकार सम्मेलन गरी संस्थाले छैठ पर्व पुजाको तयारी एवं कार्यक्रमको जानकारी गराउँदै छैठ पर्व विशेष कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।
प्रत्येक वर्ष सो आवसरमा इटहरी लगायत आसपासका स्थानबाट अत्याधिक मात्रामा श्रद्धालु भक्तजनहरुको घुइचो लाग्ने गरेको छ ।
बुढिगंगा जमुना मुक्तिधाममा क्षेत्रमा हुने छैठ पुजा यस वर्ष २ लाख बढी भक्तजनहरुको सहभागीता रहने आयोजकले विश्वास लिएको छ ।
भोली कात्तिक २० गते शोभायात्रा,२१गते खरना,२२ गते छैठ पुजा समारेह सुभारम्भ र २३ गते विहानको अर्घ पश्चात पुजा सम्पन्न गरीने जानकारी दिएको छ ।
सुनसरी र मोरगं जिल्लालाई छोड्ने पुर्व पश्चिम राजमार्ग संगैको इटहरी उपमहानगर पालिका र सुन्दरहरैचा नगर पालिकाको संगम स्थल मुक्तिधाममा क्षेत्रमा समानता र एकताको पर्वको रुपमा छठपर्व मनाउनेहरुको संख्या दिन प्रतिदिन वढी रहेको छ ।
मुक्तिधाममा क्षेत्रको नदि पवित्रताले गर्दा पनि छठ पर्व गर्नेहरुको संख्या हरेक वर्ष बढी रहेको र पछिल्लो समयमा पहाडे समुदायका श्रद्धालु भक्तजनहरुको संख्या समेत उल्लेखनिय रुपमा वढ्दै आएकोले पुजा घाट थप गरिएको छैठ पर्व सेवा समितिका उपाध्यक्ष तथा सुचना अधिकारी बासुदेव कणर्ले बताए ।
कार्यक्रमलाई भब्य र ब्यवस्थित बनाउन समितिले समिति र उपसमिति गठन गरी विभिन्न विषयगत संयोजकको जिम्मेवारी दिर कार्यक्रम व्यवस्थापनको जिम्मेवारी दिएर सफल बनाउ गठन गरेको र पुजा घाट,कार्यक्रम ब्यवस्थापनमा २६ लाख२० हजार खर्च हुने समितीका सचिव मुकेश कुमार चौधरीले पत्रकार सम्मेलनमा जानकारी गराए ।
भक्तजनहरुका लागी कुनै समस्या नहोस भनेर नेपाल प्रहरी,ससस्त्र प्रहरी र स्वमसेवक परिचालन गरिने तथा रातभर धार्मिक सास्कृतीक कार्यक्रम सहित रोटेपिङ लगायत समेत ब्यवस्था गरिएको छैठ पर्व सेवा समितिका अध्यक्ष मनोज चौधरीले जानकारी दिए ।
त्यस्तैै तयारीकै विषयमा जानकारी लिन अनुगमन समिती सदस्यहरु इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा प्रवक्त दिवस पोख्रेल इटहरी ९का वडाध्यक्ष जितेन्द्र थापा , सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५का वडाध्यक्ष गणेश चौधरी, सुन्दरहरैचा नगरपालिका ४ का वडाअध्यक्ष कैलाश बस्नेतले निर्माण गरिएको घाटको अवलोकल गरेका थिए ।
पत्रकार सम्मेलनमा छैठ पर्व सेवा समितिका सस्थापक अध्यक्ष राजु रायले स्थापना कालमा मैनटोल,कुपी बालेर छैठ पुजा गरेर सुरु गरेको स्मरण गराउदै धेरै चुनौतीहरु पार गर्दै यो अवस्था सम्म ल्यउन समितीका पदाधिकारी, लगायतका विभिन्न संघ,सस्थाहरुको ठुलो योगदान रहेको सुनाए ।
मंगलबार हुने शोभा कलश यात्रा राधाकृष्ण शिब मन्दिरको प्राङ्गण बाट सुरु भएर मुक्तिघाट क्ष्ोत्रमा पुगेर समापन गरिने छ भने शोभायात्रामा बह्माकुमारी राजयोग सेवा केन्द्र,राधेश्याम सेवा ट्रष्ट,नँया विन्दावन गौशाला,इस्कोन इटहरी, राधाकृष्ण शिब मन्दिर र विभिन्न सस्थाहरुको झाँकी सहित भब्य सहभागिता रहने झँकी ब्यवस्थापन संयोजक अमरजित गोश्वमीले जानकारी दिए ।