इटहरी । तिहार लागेसंगै सुनसरीको इटहरीमा रहेको चन्द्रमा कोशेली तथा मसला उद्योगमा सेल रोटी, अनर्सा लगायतका परिकार किन्नेहरुको भिड लागेपछि सञ्चालकहरुलाई माग पुर्याउन भ्याइनभ्याई भई रहेको छ ।
विगत चार वर्ष देखि इटहरी उपमहानगरपालिका वडा नम्बर २ आँपगाछीमा रिता सुवेदीले सञ्चालन गर्दै आएको चन्द्रमा कोशेली उद्योगले अन्य समयमा समेत सेल रोटी अर्नसा लगायतका परिकारहरु बनाउने गरेपनि तिहारको समयमा माग पर्याउन भ्याइनभ्याई हुने गरेको हो ।
सेलरोटी, अनर्सा लगायतका परिकारहरु बनाएर विक्री गर्दै आएको चन्द्रमा कोशेली उद्योगका उत्पादनहरु भाटभटेनी सुपर मार्केट गोरखा डिपार्टमेन्ट स्टोर लगायतका मार्केटहरु र विभिन्न कार्यक्रममा समेत खाजाको रुपमा लाने गरेको र तिहार लगायतका चाडपर्वको समयमा उपभोक्ताहरुको माग पुरा गर्न २४ घण्टा खटदा समेत पर्याउन गाह्रो भई रहेको सञ्चालिका रिता सवेदी बताउछिन ।
स्थानीय स्तरमा व्यवसायी रुपमा सञ्चालन भई रहेको चन्द्रमा कोशेली उद्योगबाट उत्पादित सेलरोटी लगायतका सामानहरु राम्रो हुने तथा घरमा बनाउन नजान्नेहरुलाई सहज समेत भएको सेलरोटी किन्न आएका केएन पराजुली वताउछन ।
पराजुली महिलाहरुले सञ्चालन गर्दै आएको कोशेली उद्योगलाई अझ ठुलो परिणाममा उत्पादन गर्न प्रोहत्साहन गर्नु पर्नेमा जोड दिन्छन ।
स्थानीय स्तरमा सेल अनर्सा,खजुरी, अचार सत्केरी मसला अन्य मसला फापर पिठो जौको पिठो लगायत उत्पादन गर्दै आएको चन्द्रमा कोशेली उद्योगमा १८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन ।
सो उद्योगमा काम गर्ने अन्जु अधिकार रोजगारी पाउदा परिवार चलाउन सजिलो भएको र घर नजिकै भएका कारण अझ सहज भएको समेत बताउछिन ।
चन्द्रमा कोशेली उद्योगका उत्पादनहरुको माग बढीरहेका कारण उत्पादन बढाएर रोजगारीका अवसरहरु समेत बढाउने सञ्चालिका सुवेदीले सोच बनाएको सुनाइन । परम्परागत परिकारका रुपमा रहेका सेलरोटी, अनर्सा, अर्सा, फिनीरोटी,खजुरी, निम्की लगायतका परिकार व्यवसायिक रुपमा विक्री गर्नेहरुको संख्या न्युन रहेको कारण समेत यो उद्योग पुर्व क्षेत्रका लोकप्रिय रहेको छ ।