इटहरी । शुभ दिपावली छठ पर्व लगायत चाडपर्वहरु अवसर पारेर राष्ट्रिय जागृति क्लव इटहरीले नगर स्तरीय लोक नृत्य प्रतियोगिता तथा शष्टा सममान कार्यक्रम सम्पनन गरेको छ ।
क्लवले प्रत्येक वर्ष शैक्षिक सम्मान, पत्रकारिता सम्मान,फुटबल खेलाडी, क्रिकेट खेलाडी र शष्टा सम्मना गर्दै आएको छ ।
इटहरी ९ को जनता माविको खेल मैदानमा भएको नृत्य प्रतियोगिता तथा शष्टा सम्मान कार्यक्रममा
वरिष्ठ गायिका तारा थापालाई सष्टा सम्मान बाट सम्मानित गरिैको छ भने शैक्षिक सम्मान बाट जनता मा.विका प्रधानध्यपक पशुपति सिग्देल, पत्रकारिता तर्फ सुमन पूरी,फुटबल खेलाडी समिन घिमिरे र क्रिकेट खेलाडी भूपाल लुइटेललाई आ आफुनो क्षेत्रमा गरेको योगदानको मुल्यकंन गर्दै क्लबले दोसल्ला ओढाइ सम्मान पत्रले सम्मान गरेको छ ।
सम्मानित सबै लाई कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरी र क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले सम्मान गरेका थिए ।
सम्मानित सबै लाई कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाकी उपप्रमुख चौधरीले यो क्लबले प्रत्यक साल खेलकुद क्षेत्रका खेलाडी तथा कलाकार,सष्टा सम्मान गर्दै आएको र विद्यालयमा अध्यनरत विद्यार्थीहरु लाई सहभागी गराएर लोक कला सस्कृतीको जगेर्नामा लोक नृत्य प्रतियोगिता जस्ता कार्यक्रमले सधै बचाइ राख्न गरेको कार्यको प्रसंशा गरिन ।
वि.सं. २०२३ सालमा स्थापित राजा क्लव इटहरी खेलकुद क्षेत्रको विकास र विस्तारका लागि खेलाडी उत्पादन गर्ने , सांस्कृतिक कार्यक्रम गर्ने लगायत सामाजिक सेवाका क्षेत्रमा समेत विभिन्न काम गर्दै आएको स्मरण गर्दै क्लवले इटहरीलाई खेलकुदको हव बनाउन स्थानिय खेलाडी उत्पादन तथा आमत्रित खेलाडीहरु भित्राएर खेल संरक्षण ,प्रर्बधन गर्दै आएको बताए ।
साथै नेपाली मौलिक काला सस्कृतीको जगेर्ना गर्न पनी यो कार्यक्रमले सहयोग हुने भएकाले सम्मान संगै,लोक नृत्य प्रतियोगिताको आयोजना गर्दै आएको राष्ट्रिय जागृति क्लबका सन्तबहादुर डुम्जनले जानकारी दिए ।
तेस्तै उप महानगर स्तरीय खुल्ला लोक नृत्य प्रतियोगितामा राष्ट्रिय मावि प्रथम, कस्तुरी मावि दितिय र पिसजोन आवसिय तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुनेले २० हजार, दितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका थिए ।
सामुदायिक र संस्थागत विद्यालयहरूले सहभागिता जनाएका थिए ।
कार्यक्रममा सम्मानित वरिष्ठ गायिका तारा थापाले आफ्ना लोकप्रिय गीत समेत गाएकी थिइन् ।
यस्तै नव प्रतिभा सिमला धितालले पनी गीत प्रस्तुत गरेकि थिन ।
कार्यक्रममा नागरिक समाज इटहरीका अध्यक्ष आर.के राई, इटहरी उप- महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दिवश पोख्रेल , नम्बर ९ का अध्यक्ष जितेन्द्र थापा, जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष तेज बहादुर पुरी, लगायतको सहभागिता रहेको थियो ।