इटहरी । बह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीले दिपावली , नेपाल संवत ११४५ तथा ,छठ पर्व चाडपर्वहरुको अवसरमा आज लक्ष्मी पुजाको दिन शुभकामना लेन देन सहित चैतन्य झाँकी प्रस्तुत गरी कार्यक्रम सम्पन्न गरेको छ ।
सेवा केन्द्रको सभा हलमा भएको कार्यक्रममा शुभकामना लेनदेन कार्यक्रममा लोक दोहोरी गायिका गंगा गौतम, गायक सुर्य कास्यव र इटहरी उपमहानगरपालिका वड नम्बर ६ का वडा अध्यक्ष दिवस पोख्रेलले देउसी गित गित प्रस्तुत गरेका थिए ।
बालबालिकाहरु समेत तिहार केन्द्रीत गितमा नृत्य प्रस्तुत गरेरसहभागिहरु लाई मनोरञ्जन गराएका थिए ।
कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले धर्मको सम्मान र एकता कायम राख्न प्रेरित गर्दै विभिन्न धार्मिक कार्यक्रमहरु गर्दै आध्यात्मिकता, मानसिक शान्ति, र जीवनको सकारात्मक विकासका लागि विभिन्न गतिविधिहरू गर्दै आएको विषयमा प्रमुख अतिथि कोशी प्रदेशका संसद रोहित कार्कीको बोलेका थिए । 
बह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीकी प्रमुख सञ्चालिका बह्मकुमारी शारदा सिटौलाको अध्यक्षतामा भएको शुभकामना लेनदेन प्रदान तथा चैतन्य झाँकीमा लक्ष्मी र गणेशको झाँकी प्रस्तुत गरिएको थियो भने ।
कार्यक्रममा शसस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख प्रहरी नायव महानिरिक्षक सम्भु सुवेदी ,छैठ सेवा समितीका संस्थापक अध्यक्ष राजु राय, अध्यक्ष मनोज चौधरी, महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मुना तिम्सिना , पुर्वाञ्चल टिपर ब्यवसायी संघका अध्यक्ष शिव कुमार पोख्रेल,धुलिखेल समाजका अध्यक्ष प्रविन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।




















