इटहरी । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्म जयन्ती तथा जनजागरण पुस्तकालयको साहित्यिक जागरण अभियान अन्तर्गत ६१ औं श्रृङ्खला इटहरीमा सम्पन्न गरेको छ ।
इटहरी ५, पचरुखी चोकमा आयोजित कार्यक्रममा शालिकमा माल्यार्पण गरे विभिन्न कार्यव्ययहरु प्रस्तुत गरेका थिए ।
नेपाली साहित्यका विराट प्रतिभा महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।
दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित भएका छन् ।
उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाएका देवकोटाका विषयमा कार्यक्रममा चर्चा गरेका थिए ।
जनजागरण पुस्तकालय, इटहरी साहित्य समुह,नेपाल राष्ट्रिय संयुक्त निबृत्त कर्मचारी संघ लगायतको ७ वटा सस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रमका अध्यक्ष भैरव प्रसाद सापकोटाको अध्यक्षता तथा प्राध्यपक डाक्टर बद्रीविशाल पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागी साहित्यकारहरुले देवकोटाको जन्म जयन्तीको अवसरमा कृष्ण विनोद लम्साल,लेखनाथ घिमिरे, टिका आत्रिय लगायतले कविता , गजलहरु बचन गरेर कार्यक्रम समापन गरिएको थियो