इटहरी । किसानहरुले नियमित उत्पादन गरेका दुध तथा दुग्ध जन्य वस्तुको विक्री वितरण गर्दै आएको दुग्ध उत्पादक सहकारी संस्थाको ४७ औँ बार्षिक साधारण सभा इटहरीमा सम्पन्न गरेको छ ।
सहकारी संस्थाले दुग्ध उत्पादक कृषकहरुको सुविधाका विभिन्न सृजनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाईभैँसी सुत्केरी भएमा १ हजार बराबरको प्राथमिक औषधी सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ । गएको बर्ष १८ जना किसानले यो सेवा लिएका थिए ।
संस्थाले बार्षिक साधारण सभाको अवसरमा जेष्ठ सदस्य हरु बासुदेव पोख्रेल र हिरा देवी पौडललाई नगद सहित दोसल्ला ओढाइ सम्मान गरिएको छ भने बर्षभरी नियमित रुपमा दुध ल्याउने ३५ जना र उत्कृष्ठ कारोबार गर्ने १० जना कृषकहरुलाई काँचको थाल,प्रेसर कुकर,मिक्चर, भाडा लगायतका सामाग्रीहरु द्धारा पुरस्कृत गरिएको छ ।
यस्तै शेयर सदस्य कृषकका सन्तान उत्कृष्ठ नतिजा ल्याउन सफल अमुल धमला लाई नगद सहित सम्मानित भएका छन् ।
संस्थाबाट नियमित रुपमा दुध खरिद गर्ने ७ जना उपभोक्ताहरुलाई समेत पुरस्कार वितरण गरिएको छ ।
सस्थाले कार्यक्रमका अतिथी र ६ सय ६७ जना शेयर सदस्यहरुलाई कुराउनी उपहार स्वरुप वितरण गरेको हो ।
आफ्नै संस्थाको उत्पादनलाई प्रर्वधन गर्न तथा बाहिरी वस्तुको प्रयोगलाई निरुत्साहित गर्न यस किसिमको कार्यलाई सुरुवात गरिएको संस्थाका अध्यक्ष खेम प्रसाद काफ्ले जानकारी दिएका छन् ।
सस्थाले गरेको वर्ष भरी गरेको प्रगती बिवरण सहितको अध्यक्षको प्रतिवेदन सस्थाका सचीब राजेन्द्र धमलाले प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष खेमनाथ काफ्लेको अध्यक्षता तथा कोशी प्रदेश उद्योग, कृषी तथा सहकारी मन्त्रालय, पशुपंक्षी विकास महा शाखा प्रमुख डा. दिपा दियालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा
विराटनगर दुग्ध वितरण आयोजनाका डा. नवराज अधिकारी, इटहरी उप–महानगरपालिका पशुपक्षि विकास शाखा प्रमुख दुर्गा वहादुर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।