इटहरी । सुनसरीको इटहरीस्थित आरती चार्जर उद्योगले यो वषदेखि दिपावली ,छैठ पर्व लगायत बिभिन्न समयमा हुने कार्यक्रमहरुलाइ उपयोग हुनेगरी पानीबाट बल्ने दियो र मैनबत्तीहरु  उत्पादन सुरु गरेको छ । 

विदेशी उत्पादनलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादन लाई बजारीकरण गर्ने उद्येश्य सहित स्थानीयस्तरबाटै सो सामग्रीहरु उत्पादन सुरु गरिएको हो । 

 इटहरी उपमहानगर १४ स्थित आरती चार्जर उद्योगले गत २०६८ साल देखी मोवाइलको चार्जर , डाटा,एलइडि बल लगायतका सामागी्रहरु उत्पादन गर्दै आएकोमा यस वर्ष देखी   पहिलो पटक तिहार लाई लक्षित गरी पलाष्टिकको दियो र मैनबत्तीमा एलइडी बल जडित पानीको सायताले बल्ने बत्तीहरु उत्पादन शुरु गरेको हो । 

चीन, भारत बाट आयात गरिने केही वस्तुहरू नेपालमै उत्पादन गर्नाले आयातमा निर्भरता घटाउँदै आत्मनिर्भरता बढाउन मद्दत पुग्ने आरती चार्जर उद्योगका संचालक उपेन्द्र मेहता बताए ।  

 उनका अनुसार, यस्ता उत्पादनलाई सरकारले उत्पादनका लागि आवश्यक कच्चा पदार्थमा भन्सार छुट दिएमा नेपाली उत्पादनहरू झनै सुलभ मूल्यमा उपभोक्ता सम्म पु¥याउन सकिने बताए  । 

हाल ८० जना स्थानीयलाई प्रत्यक्ष रूपमा रोजगारी दिँदै आएको छ, जसले स्थानीय रोजगारी र आय आर्जनमा ठूलो योगदान पु¥याएको छ । 

इटहरी गैसारकी काजल हरिजनले यस उद्योगमा काम गर्न पाउँदा आफू जस्तै दर्जनौँ गृहिणीको जीविको पार्जनमा सहयोग पुगेको बताइन ्। 

उनले यस उद्योगले महिलाहरूलाई आर्थिक आत्मनिर्भरता प्रदान गर्न सहयोग पुगेको बताइन । 

यसले दिपावली जस्ता पर्वमा नेपाली उत्पादनको खपत बढ्ने र बजारमा गुणस्तरीय सामग्रीको आपूर्ति गर्न मद्दत पुग्ने विश्वास समेत गरिएको छ ।