इटहरी ।  विश्व पोलियो उन्मुलन दिवसको अवसरमा विहिबार सुनसरी जिल्लामा समेत विभिन्न सचेतना मुलक कार्याक्रमहरु गरेर मनाइएको छ ।

त्यस्तै समाजिक  क्षेत्रमा काम गर्दै आएको रोटरी क्लव अफ इटहरीले पनी विश्व पोलियो उन्मुलन दिवसको अवसरमा कार र्याली सम्पन्न गरेको छ । 

पोलियो उन्मूलनका लागि जनचेतना फैलाउने उद्देश्यले इटहरीको रंगशाला बाट इटहरी बजार हुदै ,भाटभाटेनी ,तरहरा हुदै मिलन चौकमा पुगेर समापन गरिएको रोटरी क्लब अफ इटहरीका टि,आर,एफ कमिटी चेयर पर्सन सन्त बहादुर डुम्जनले जानकारी दिए  ।

विश्व पोलियो उन्मूलन दिवसको अवसरमा सचेतना मुलक कार्यक्रम गर्दै  पोलियो एक रोग हो जसले विशेष रूपमा बालबालिकाहरूलाई प्रभावित गर्दछ । 

पोलियो एउटा अत्यन्त जन्य रोग हो जसले लक्षणहरू जस्तै सिर्जनशक्ति गुमाउँछ र शारीरिक अक्षमता हुने सम्पूर्ण फलस्वरूप अरु गम्भीर स्वास्थ्य समस्याहरू समेत उत्पन्न गर्दछ । WhatsApp Image 2024-10-25 at 17.13.06

हाम्रो समाजमा स्वस्थ्य, सशक्त र सकारात्मक सन्देश दिन को कार्यक्रमको आयोजना गरेको रोटरी क्लबका अध्यक्ष कृष्णराज श्रेष्ठले बताए । 

५० वटा भन्दा वढि कारहरु सहभागि रहेको कार्यक्रम  इटहरी रङ्गशाला बाट सुरु भएको ¥यालीमा रोटरी क्लब अफ युगल,रोट्याक्ट क्लब,इन्ट्याक्ट क्लबका पदाधिकारी पुर्व अध्यक्षहरु अनन्त विष्ट,लक्ष्मी धिताल,लक्ष्मण हुमागाँई,सचिब केशब भट्टराई लगायतको सहभागिता रहेको थियो ।