इटहरी । एसियाली ऋण महासंघबाट एक्सेस ब्रान्डिगं प्राप्त देशकै सर्वाेतकृष्ट सहकारी संस्थाका रुपमा पुरस्कृत हुन सफल भएको सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सुनसरी जिल्लाका विभिन्न ७ ठाउँमा सेवा केन्द्र र इटहरी १६मा प्रधान कार्यलय रहेको जम्मा २३ हजार ६ सय ६८ सेयर सदस्य रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्रको एकाई स्तरीय सहित आज इटहरीमा विविध कार्यक्रम गरी वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
इटहरी पाटी प्यालेसमा भएको भएको साधारण सभामा कुल सम्पती एक अर्व ३५ करोड,२४ लाख,६० हजार८ सय ३७ रहेको र सहकारीको नाफा ५ करोड५८ लाख८१ हजार६ सय ५८ र विभिन्न शिर्षकको आय,ब्यय सार्बजनिक गर्दै आगामी योजना सहित सहकारीले वर्ष भरी गरेको गतिविधी सहितको प्रतिवेदन सस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले प्रस्तुत गरेका थिए ।
कर्यक्रममा लेखा सुपरीवेक्षण समिति संयोजक शशिकुमार उपाध्यायले लेखा सुपरीवेक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए ।
सहकारीको अन्तराष्ट्रिय मुल्य र मान्यतालाइ पालना गरेर राज्यले निमार्ण गरेका सहकारी एन लाइ टेकेर कार्यन्ययन गरिएको यो नियमले पनि नपुगेर सस्थाले आफै नियम बनाएको छ ।
२४ प्रतीशत आन्तरीक निति कार्यक्रम बनाएको र धेरै ठाउमा भन्ने गरेको सिस्टम भएन भनेर धेरै गुनासो आइरहेको र अहिले यो सस्थामा सिस्टम बसालेको हामी सिस्टम विधि भन्ला बाहिर नजाने सहकारीका अध्यक्ष शालिकराम ढकालले बताए ।
सोही अवसरमा महिनाको उत्कृष्ट सदस्य पुरस्कार वितरण,संस्थामा नियमित कारोबार गर्ने सदस्यहरु मध्येबाट प्रत्येक सेवा केन्द्रबाट २०८०,८१ मा हरेक महिना १ जना सदस्यलाई महिनाको उत्कृष्ट सदस्यहरु लाई पुरस्कृत गरिएको छ ।
आ.व ०८०÷०८१ को प्रगति विवरणा तथा आ.व. ०८१÷०८२ को प्रस्तावित बजेट, नीति तथा कार्यक्रम माथि छलफल गरीएको छ ।
कार्यक्रममा संस्थापक अध्यक्ष चुडामणि लम्साल सल्लाहकार कृष्णविनोद लम्साल सेवा केन्द्रका प्रमुख तथा संचालक सदस्य,सेयर सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।