इटहरी । एसियाली ऋण महासंघबाट एक्सेस ब्रान्डिगं प्राप्त देशकै सर्वाेतकृष्ट सहकारी संस्थाका रुपमा पुरस्कृत हुन सफल भएको सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभा एकाईगत रुपमा मनाइरहेको छ ।

   सुनसरी जिल्लाका विभिन्न ७ ठाउँमा सेवा केन्द्र सञ्चालन गर्दै आएको २३ हजार ६ सय ६८ सेयर सदस्य रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले खनार सेवा केन्द्रको एकाई स्तरीय  छैठौ केन्द्र वार्षिक साधारण सभा सम्पन्न गरेको हो । 

  सारदा मावीको प्रागंणमा सम्पन्न भएको खनार सेवा केन्द्रका संयोजक प्रेम चन्द्र रौतारले  खनार सेवा केन्द्रमा १५ सय ४८ सेयर सदस्य रहेको र वचत निक्षेप ६ करोड ६४ लाख ५७ हजार ४सय ३१ तथा  शेयर पुजी १ करोड ५ लाख ९८हजार ८ सय र लगानी ११ करोड  ९८लाख २५ हजार २ सय ११ जम्मा बासलात १४ करोड ४ लाख ७८ हजार १ सय १८ रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए । WhatsApp Image 2024-10-23 at 18.34.11

सहकारी भनेका यो देशको आर्थिक मेरुदण्ड हो सहकारीका नामबाट सहकारीको नियम कानुन विधी भन्दा बाहिर गएर सहकारी सस्थाहरुले विकृति फैलाएर नियम मानेर चलाएका सहकारी सस्थाहरु मौलाउदै गएको कार्यक्रमका प्रमुख अतिथी इटहरी उप महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष भुवनराज पोख्रेलले बताए  ।

सहकारीका अन्तराष्ट्रिय मुल्य र मान्यतालाइ पालना गरेर राज्यले निमार्ण गरेका सहकारी एन लाइ टेकेर कार्यन्ययन गरिएको यो नियमले पनि नपुगेर सस्थाले आफै नियम बनाएको छ । 

२४ प्रतीशत आन्तरीक निति कार्यक्रम बनाएको र धेरै ठाउमा भन्ने गरेको सिस्टम भएन भनेर धेरै गुनासो आइरहेको र अहिले यो सस्थामा सिस्टम बसालेको हामी सिस्टम विधि भन्ला बाहिर नजाने सहकारीका अध्यक्ष शालिकराम ढकालले बताए ।WhatsApp Image 2024-10-23 at 18.34.10 (1)

सो साधरण सभामा सेयर सदस्य १२ जना लाई मेक्बर अफ द मन्थ घोषणा गरेर बधाई पत्रले सममान गरेको छ । 

साथै, सस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले आगामी वर्षका योजनाहरु सार्बजनिक गरेका थिए ।

कार्यक्रममा खनार सेवा केन्द्रका प्रमुख नवराज पोख्रेल,सेयर सदस्य, संचालक सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।