इटहरी । बिजया दशमीको अवसरमा वुल्स ऐलेभेन क्लवको आयोजनामा विभिन्न संस्थाहरूको सहकार्य गर्दै इटहरी चोक क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
चाडपर्वमा बाहिरबाट दशै मान्न आउनेहरूका लागि नगरको सफाइ महत्त्वपूर्ण हुन्छ ।
यसले आगन्तुकहरूलाई स्वागत योग्य वातावरण दिन मद्धत पुग्ने भएकोले नगरलाई सफा र सुन्दर बनाउन सरसफाइ अभियान गर्दै आएको छ ।
विगत लामो समय देखि इटहरीलाई सफा सुन्दर राख्दै आएको वुल्स ऐलेभेन क्लव र विभिन्न संघ,स्सथाको सहयोगमा दशैको अवसरमा इटहरीलाई सफा राख्न र दशैको समयमा बाहिर बाट आएने आगन्तुकहरूलाई स्वच्छ, सफा राख्ने उदेश्यले यो सरसफाइृ कायृक्रको आयोजना गरेको वुल्स ऐलेभेन क्लवका उपाध्यक्ष रामु राईले बताए ।
यस सरसफाई कार्यक्रममा सशस्त्र प्रहरी बल, इलाका प्रहरी कार्यलयका प्रहरी,ट्राफिक प्रहरी ,किरात राई याख्योखा वडा नं ६ , सिदार्थ युवा क्लब ,नेपाल तामाङ युवा घेदुङ ,किवानिज क्लब,किरात राई सुम्निमा संघ ,नेपाल तामाङ घेदुङ नगर प्रहरी लगायत विभिन्न संघ–संस्थाहरूको प्रतिनिधीहरुको सहकार्यमा इटहरीमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो ।
सरसफाइ गर्ने मुख्य उद्देश्य भनेकैे स्वास्थ्यलाई सुरक्षित राख्नु, संक्रमणबाट बच्नु र चाडपर्वलाई अझै रमाइलो र पवित्र बनाउदै
मानिसहरू आफ्नो घरको मात्र नभएर सार्वजनिक स्थानहरूको पनि सफाइमा ध्यान दिदै आएका छन ,जसले समग्र समाजलाई फाइदा पु¥याउँछ यस्ता कार्यक्रमलाइ निरन्तरता दिन आवस्यक रहेको छ ।




















