इटहरी । निषाद संगीत विद्यालय र हंसवाहिनी फिल्मसद्धारा संयुक्त आयोजनामा दशैं विशेष सांगीतिक कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।
उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा वडा दशै, शुभ दीपावली एवम् छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान साथै दशैं विशेष सांगीतिक तथा बाल गायन प्रतिभा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा निषाद संगीत विद्यालयका बालबालिकाहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।
दाता लिलानाथ पाण्डे परिवार स्थापना गरेको देवी हिरा पाण्डे बाल गायन प्रतिभा पुरस्कार बाट संगितकला अध्यनमा लगनशिल भई संगित प्रतिको निरन्तारको मुल्यनकन गर्दै अनमोल भुजेल र सविज्ञा दाहाल लाई नगद ५,५ हजार सहित सम्मान गरिएको छ ।
त्यस्तै कार्यक्रममा असल अभिभावकको रुपमा नानी बाबुहरु लाई संगित विद्यालयमा पठाएर अनुसासति भएर सहयोग गरेको भन्दै महेन्द्र नेपाल र विमला कठायत नेपाल लाई कदरपत्रले सम्मान गरिएको निषाद संगीत विद्यालयकी अध्यक्ष सुनिता कटुवालले जानकारी दिइन ।
सो कार्यक्रममा राष्ट्रिय गायक साजन राई, गायक रेगन पूवार मगरको गायन प्रस्तुती रहेको थियो ।
हंसवाहिनी फिल्मसका अध्यक्ष कृष्ण प्रसाद नेपालको सम्योजनमा भएको कार्यक्रम सुनिता कटुवालको अध्यक्षता तथा सिनेकर्मी रितेस जंग पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लोकदोहोरी गायिका गंगा गौतम आचार्य,समाजसेवी, गायिका निर्मला थापा प्रसाई,संगित साधना प्रतिष्ठानका महासचिव राजु के.शी, हास्य कालाकार संजिव कट्वाल लगायाक अतिथीहरुको उपस्थिती रहेको थियो ।