विराटनगर । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज, कोशी प्रदेशको आयोजनामा बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

विराटनगरको रुविज इन हाटलमा आयोजित कार्यक्रममा आयुर्वेदिक स्वास्थ्यकर्मीहरूको भूमिकाको महत्व, तथा पर्वहरूको सांस्कृतिक पक्ष र समुदायमा स्वास्थ्यको अवस्था लगायका विषयमा छलफल गर्दै शुभकामना आदान प्रदान गरिएको हो । 

आयुर्वेद क्षेत्रको विकास र समुदायमा यसले पु¥याएको योगदानका बारेमा चर्चा गर्दै, पर्वहरूको अवसरमा स्वास्थ्यकर्मीहरूको भूमिकालाई अझ सशक्त बनाउनु पर्नेमा कार्यक्रमका प्रमुख अतिथी नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष महेश थापाले जोड दिए ।WhatsApp Image 2024-10-05 at 17.54.14

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज, कोशी प्रदेशका अध्यक्ष वैजनाथ शाहको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य मन्त्रालयका विज्ञ डाक्टर रविन्द्र निरौला लगायतले स्वास्थ्य सेवामा आयुर्वेदको बढ्दो प्रभाव र यस क्षेत्रको सम्भावनाबारे विचार प्रस्तुत साथै आयुर्वेदले स्थानीय समुदायमा पु¥याउने दीर्घकालीन फाइदाको चर्चा गर्दै, यसको विस्तार र विकासका लागि आयुर्वेद उपचार पद्धतिलाई अझ व्यापक बनायन आवश्यक रहेको बताएका थिए । 

कार्यक्रममा विभिन्न स्वास्थ्यकर्मी, ब्यवसयी ,समाजसेवी, लगायको उल्लेखनीय उपस्थिति रहेको थियो ।