विराटनगर । नेपाल शैक्षिक परामर्श संघ ईक्यान पुर्वाञ्चलले वडा दशैं, शुभदियावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम विराटनगरमा सम्पन्न गरेको छ। 

ईक्यानले वडा दशैं, शुभदियावली तथा छठ पर्वको अवसरमा सबैलाई एक आपसमा परिच्यात्मक का साथै शुभकामना आदान प्रदान गर्ने उदेश्यले कार्यक्रको आयोजना गरेको ईक्यान पुर्वाञ्चल रविन्द्र निरौलाले बताए । 

कार्यक्रममा स्थानीय समाजका विभिन्न प्रतिनिधिहरूको उपस्थिति रहेको थियो र सांस्कृतिक एकता र मेलमिलापको भावनालाई प्रबर्द्धन गर्ने उद्देश्यले सहित विभिन्न विषयमा सहभागीहरुले आ आफ्ना धारणाहरु राखेका थिए । WhatsApp Image 2024-10-04 at 19.40.57

नेपाल शैक्षिक परामर्श संघ ईक्यान पुर्वाञ्चल रविन्द्र निरौला अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष प्रकाश नकान्दी, र रोशन निरौला, ईक्यान पुर्वाञ्चलका कोषाध्यक्ष  गोपाल निरौला लगायतको सहभागिता रहेको थियो ।