इटहरी । लायन्स क्लब डिस्ट्रिक्ट ३२५ सी को दोस्रो क्याबिनेट मिटिङ इटहरीमा विविध कार्यक्रमगरी शनिवार सम्पन्न भएको छ ।
इछहरीको लायन्स भवनमा भएको क्लबको दोस्रो क्याबिनेट मिटिङ तथा १ सय दिनको कार्य समीक्षा सहितको स्टल प्रदर्शनी आयोजना गरी सम्पन्न गरेको हो ।
क्याबिनेट मिटिङ तथा सेलिब्रेसनमा सय दिन सम्म गरेका सेवा र यस सम्बन्धी कामहरूको बारेमा समीक्षा गर्दै आगामी ३ महिनाको कार्य योजना बनाइने डिस्ट्रिक्ट ३२५ सी अन्तरगत एरिया ४ चिफ थानेस्वर ढकाल नेलसनले जानकारी दिए ।
क्याबिनेट मिटिङ तथा सेलिब्रेसन कार्यक्रममा लायन्स क्लब अफ इटहरी मनोकामानाले सामाजिक कार्यको ब्यानरमा प्रदर्शन गरेर यो कार्यक्रममा सहभागिहरु लायन्सहरुलाई जानकारी गराउने अवसर पाउदा खुसि लागेको इटहरी मनोकामानाकी अध्यक्ष भारती श्रेष्ठले बताइन ।
डिस्ट्रिक्ट ३२५ सी का गभर्नर विकास अधिकारीको अध्यक्षता तथा पुर्व अन्तर्राष्ट्रिय निर्देशक ९बोर्ड अफ ट्रस्टी लायन्स इन्टरनेशनलका जी।एस।होराको प्रमुख आतिथ्यमा भएकाकार्यक्रममा १४ ओटा क्लबहरूको व्यवस्थापनमा भएको क्याबिनेट मिटिगंमा १सय ५७ क्लबका १ हजार बढी लायन्सहरुको सहभागिता रहेको कार्यक्रममा देशै भरका १५ वटै डिस्ट्रिक्ट गभर्नर तथा भारतका समेत केही डिस्ट्रिक्ट गभर्नरहरूको सहभागिता रहेको थियो ।