इटहरी । अच्छा राई रसिक साहित्य प्रतिष्ठान द्वारा आयोजित सर्जक सम्मान तथा साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ ।
इटहरीको दुर्गा पार्टी प्यालेसमा भएको प्रतिष्ठानका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा साहित्यिक क्षेत्रमा योगदान गरेका तीन जना सर्जकहरू लाई नगद सहित सममान गरेको छ ।
सम्मानित हुनेहरुमा साहित्यिकार हरी प्रसाद घिमिरे स्मृती पुरस्कारबाट बलराम पोखरेललाई नगद २५ हजार सहित सम्मान गरिएको छ भने दिपेश राई स्मृती पुरस्कारबाट बम देवाना, र दिनेश थपलियालाई नगद २५हजार सहित दोसल्ला, र सम्मान पत्रले सममान गरिएको हो ।
सम्मानित सर्जकहरूले नेपाली साहित्यको उत्थानका लागि गरेको योगदानको कदर गर्दै, कार्यक्रमले नयाँ सर्जकहरूलाई प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ ।
प्रमुख अतिथि हिक्मतकुमार कार्कीले सम्मानित सर्जकहरूलाई शुभकामना व्यक्त गर्दै, नेपाली साहित्यको विकासमा सर्जकहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले साहित्य समाजको अभिव्यक्तिको माध्यम भएको र यसको संरक्षण र संवर्द्धनका लागि यस्ता सम्मान कार्यक्रमले सर्जकहरूलाई उत्साहित बनाउने बताए ।
साधारण सभामा विभिन्न साहित्यिक गतिविधिहरूमा संलग्न व्यक्तित्वहरूलाई प्रतिष्ठानले विशेष धन्यवाद ज्ञापन सहित अध्यक्ष घिमिरेले कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यिक गतिविधिहरूलाई अझ सशक्त बनाउन प्रतिष्ठानले गरेको योगदानका बारेमा चर्चा गरेका थिए ।
उनले नेपाली भाषा र साहित्यको उत्थानमा सर्जकहरूको योगदानलाई कदर गर्दै, प्रतिष्ठानले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
सम्मानित सर्जकहरू बलराम पोखरेल, बम देवाना, र दिनेश थपलियाले पनि आफ्नो सम्बोधनमा साहित्यको महत्त्व र योगदानबारे आफ्ना विचार व्यक्त गरे ।
बलराम पोखरेलले साहित्यिक योगदानको कदर गर्नु सम्मान मात्र नभएर भावी पुस्ताका लागि पनि प्रेरणा रहेको बताए ।
बम देवानाले आफ्नो साहित्यिक यात्रा र चुनौतीबारे कुरा राख्दै आगामी पुस्ताले साहित्यमा अझ निष्ठा र लगाव देखाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागी भएका सम्पूर्ण साहित्यप्रेमीहरू र अतिथिहरूले कार्यक्रमलाई सफल बनाउन दिएको सहयोग प्रति प्रतिष्ठानले आभार प्रकट गर्दै सर्जक सम्मान र साधारण सभा कार्यक्रमले इटहरीमा साहित्यिक जागरणलाई थप सशक्त बनाउने र नयाँ सर्जकहरूलाई प्रेरित गर्ने अपेक्षा सहित साधारण सभाले नयाँ कार्य समिती चयन गर्ने छ ।