इटहरी । श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपाल, मुक्तिधाम इटहरीको ३२औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ । 

कार्यक्रममा प्रतिष्ठानको भविष्यमा हुने योजनाहरूमा सबैको योगदान र सहभागिताको अपेक्षा सहित श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपालले आगामी वर्षहरूमा धार्मिक पर्यटन ,धार्मिक शिक्षा, समाजसेवा, र सामाजिक एकताको लागि नयाँ कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ ।

साधारण सभामा प्रतिष्ठानका आगामी योजना र चुनौतीहरूबारे विस्तृत छलफल भएको थियो ।

मंगल राधिका सदानन्द प्रणामी अस्पतालका अध्यक्ष हेम प्रसाद घिमिरेले स्वास्थ्य सेवा क्षेत्रको विस्तार, धार्मिक जागरण, र समाजसेवामा प्रतिष्ठानले गर्नुपर्ने आगामी कदमहरूबारे छलफल गरिएका थियो ।WhatsApp Image 2024-10-06 at 13.39.31

प्रतिष्ठानले पछिल्ला वर्षहरूमा गरेका प्रमुख कार्यहरू, समाजिक तथा धार्मिक गतिविधिहरू, र आगामी योजनाबारे प्रतिवेदन प्रस्तुत गरिएको छ । 

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष परमबन्दनिय सन्त श्री १०८ कृष्णदासजी महाराजको अध्यक्षता तथा संघीय सांसद माननीय कल्पना चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पुर्व राज्य मन्त्री माननीय  सिताराम मेहता,उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुली, युवा परिषदका केन्द्रीय उपाध्यक्ष टंक  ओझा लगायतका सन्त गुरुजन, प्रतिष्ठानका वरिष्ठ पदाधिकारीहरू, शाखा अध्यक्षहरू, संरक्षक, सल्लाहकारहरू, वाइजुराज संघ तथा युवा परिषदका पदाधिकारीहरू लगायत विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।