इटहरी । अब कोशी प्रदेशका बासिन्दाहरूले विधुतीय गाडीहरू फोटोन र सोकोनका मोडेलहरू आफ्नै शहरबाटै खरिद गर्न सक्ने भएका छन् ।
इटहरीका लागि यी विधुतीय गाडीहरूको आधिकारिक विक्रेता ‘ओम तिरुपती सप्लायर्सले एक कार्यक्रम विच सोरुमको उद्घाटन गरेको छ ।
कोशी प्रदेशका उद्योग,कृषी तथा सहकारी मन्त्री खगेन सिंह हाङगाम र उद्योग बाणिज्य संघ कोशी प्रदेश उपाध्यक्ष भिम प्रसाद पौडेल,र कम्पनीका तुसार गुप्ताले रिवन काटेर सोरुमको उद्घाटन गरेका हुन ् ।
फोटोन कम्पनीका विद्युतिय गाडीहरूले नेपालको भूगोल र सडकमैत्री विशेषतासहित उत्कृष्ट अनुभव प्रदान फोटोन जस्ता गुणस्तरीय र वातावरण मैत्री गाडीहरू अब इटहरीमा उपलब्ध गराउन पाउँदा गर्व महसुस भएको बताए । “यी गाडीहरू खासगरी नेपालको ग्रामीण र शहरी दुबै प्रकारका सडकहरूको लागि उपयुक्त भएको विधुतीय गाडीहरुले इन्धन बचत सँगै वातावरण संरक्षणमा पनि लाभदायी हुने ओम तिरुपती सप्लायर्सका संचालक जिवन पराजुलीले बताए ।
विश्वभर बढ्दै गएको जलवायु परिवर्तनको असर र इन्धनमा अत्यधिक निर्भरता घटाउन विधुतीय गाडीहरूको माग तीव्र रूपमा वृद्धि हुँदै गएको छ । नेपालमा पनि सरकारले विधुतीय गाडीलाई प्राथमिकता दिँदै कर तथा भन्सारमा सहुलियत दिएको कार्यक्रमका प्रमुख अतिथी मन्त्री हाङगामले बताए ।
ओम तिरुपती सप्लायर्सले आगामी दिनमा पनि विधुतीय गाडीहरूको क्षेत्रलाई विस्तार गर्दै लैजाने योजना सहित फोटोन गाडीहरूको आगमन सँगै, इटहरीमा विधुतीय गाडीहरूको बजारले गति लिने र हरित उर्जा प्रवर्द्धनमा उल्लेखनीय योगदान दिने विश्वास गरिएको छ।
ओम तिरुपती सप्लायर्सले फोटोन र सोकोन गाडीहरूको बिक्रीसँगै, सेवा तथा मर्मत सम्भारको जिम्मेवारी पनि लिने भएको छ । ग्राहकहरूले गाडी खरिद गर्दा उत्कृष्ट बिक्री पछिको सेवा प्राप्त गर्न सक्ने छन भने सर्भिसिग र चार्जिङ सहितको सुविधा उपलब्ध गराइने छ ।




















