इटहरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ र होटल तथा लज ब्यवसायी समितीको संयुक्र आयोजनामा दशै तिहार छैट पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम इटहरीमा सम्पन्न गरेको छ ।

प्रिमियर ग्लोवल कलेजको सभाहलमा भएको कार्यक्रममा व्यवसायीहरुले अहिलेको परिस्थीतिमा होटल तथा पर्यटन क्षेत्रलाइ कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल गरिएको छ ।

चाडपर्व लक्षित सुरक्षा योजना बनाएको र जसमा इलाकामा ५० प्रहरी परिचालन गर्ने सबैले आ आफ्नो सुरक्षामा बस्न र केहि परि आएमा प्रहरीमा खबर गर्न जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक सुमन तिम्सीनाले बताए ।WhatsApp Image 2024-10-05 at 15.04.03

निजी क्षेत्र पनि सरकार जस्तै अल्छी भएको छ बस्तुगत अध्ययन गर्ने बजारको रिसर्च गर्ने कहा प्रतिस्प्रधा छ नगर्नाले इटहरीको होटलहरुको क्षमता कति हो त्यसको अध्ययन गर्न आवश्यक भएकोकार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रसासन कार्यलय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताएका छन् ।

अर्मयादित ढंगले हाम्रा सस्थामा रहेका पदाधिकारीले आचार संहिता विपरित कुनै पनि काम गरेमा कावार्हि गर्यो भने सस्था जिम्मेवार नहुने जिल्ला होटल तथा व्यवसायि सघंका अध्यक्ष तेज बहादुर पुरीले बताए ।

 होटल तथा लज ब्यवसायी समितीका अध्यक्ष उमानाथ दाहालको सम्योजनमा भएको कार्यक्रममा राष्ट्रिय अनुसन्धानका निर्देशक तुलसी कट्टेल, होटल ब्यवसायी महा संघका उपाध्यक्ष रविन गौतम,नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापती दिनेश भट्टराई, होटल ब्यवसायी महा संघका पुर्व उपाध्यक्ष मडिन्द्र कट्वाल,बस पार्क ब्यवस्थापन समितीका अध्यक्ष काजी राई लगायतको सहभागिता रहेको थियो ।