बेलबारी । कण लघुकथा मञ्च बेलबारीकोे प्रथम साधारण सभाले तदर्थ समिती लाई पुर्णता दिन पुनः दिप कुमार मङ्ग्रातीको अध्यक्षतामा नँया कार्य समिती चयन गरेको छ ।

 बेलबारीमा रहेको बेतना सिमसारको सभा हलमा भएको साधरणसभाले उपाध्यक्षमा उमा सिजापती, सचिवमा शारदा दहाल भण्डारी, सहसचिवमा पवित्रा सापकोटा र कोषाध्यक्षमा कुमार श्रेष्ठ रहेका छन्भने 

 सदस्यहरूमा विष्णु भण्डारी आचार्य, रोशन पराजुली, सुशिला सुवेदी पाठक र अम्बिका प्रसाद कोइराला ‘अकेला’ तथा लेखा सदस्यमा मानव राज पोखरेल सर्व सम्बतले चयन भएका छन् ।

 लघु कथाको विकास, विस्तार र प्रचारको मुख्य लक्ष्य सहित जिल्ला प्रशासन कार्यालय, मोरङमा २०८१ वैशाख २४ गते दर्ता भएको मञ्चले पाँच महिना भित्रै कार्य समिति बनाउन सफल भएको छ । WhatsApp Image 2024-10-03 at 21.35.40

 सोही अवसरमा कोशी प्रदेशको आठ जिल्लाका ८८ जना लघु कथाकार हरूको ९४ ओटा लघुकथाहरू सङ्गृहीत कृति ‘कण’को सार्वजनिक गरिएको छ । 

कार्यक्रममा अतिथि सम्पादक ईरान राईले सिर्जना नमर्ने गरी कम्तिमा सय शब्द शुद्ध लेख्न ख्याल गर्दै संग्रहका लागि बेलैमा रचना प्रेषित गर्नुपर्ने बताए । 

नवनिर्वाचित अध्यक्ष मङ्ग्रातीले मञ्च र लघुकथालाई अझ व्यापक बनाउँदै नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता जनाएका थिए । WhatsApp Image 2024-10-03 at 22.01.14

कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले मौलिक भाषा, संस्कृति र समकालिन विषयहरूलाई विषय वस्तु बनाएर साहित्य लेखिनुपर्ने विषयमा जोड दिदै ‘उल्का’शीर्षकको आफ्नै लघुकथा सुनाएका थिए । 

 कार्यक्रममा वरिष्ठ साहित्यकार हर्क मान तामाङ, वरिष्ठ संस्कृतिकर्मी मधु गुरुङ, बेलबारी प्रज्ञा–प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदी, रमेन्द्र कोइराला, शुक्रराज कुँवर, यज्ञ परिश्रमी, दिलिप राई सगर, निरज कोइराला, जेबी खत्री, ऋषि तिवारी, भूपाल अधिकारी, तीर्थराज सिग्देलले लघु कथा वाचन गरेका थिए । 

उक्त कार्यक्रममा सरण राई, हरिकान्त पौडेल, तिला लेकाली र रमेश निरौला, विनोद घिमिरे लगायतको सहभागिता रहेको थियो ।