विराटनगर । वर्षका कारण पिडित बनेका विराटनगरका बाढीपीडितका लागि राष्ट्रिय शैक्षिक परामर्श संघ कोशी प्रदेशले सहयोग गरेको छ । 

केही दिन अगाडी आएको अविरल बर्षाका कारण पिडित बनेकाहरुका लागी केही सहयोग पुगोस भनेर संद्धले विराटनगर महानगर पालिकाका बाढीपीडितका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको हो । 

सघं ६औँ वार्षिकोत्सवको अवसरमा महानगरका मेयर नागेश कोइरालालाई ५० हजार ५ सय ५५ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा विराटनगर वडा नम्बर ८ का अध्यक्ष राम पोखरेल समेतको उपस्थितिमा मेयर कोइरालालाई सघंका  प्रदेश अध्यक्ष सन्तोष कुरुङ्वाङ, सचिव नरेन्द्र दंगाल, संस्थापक अध्यक्ष मोहन तिगेला, सल्लाहकार टीका ढकाल लगायतले चेक हस्तान्तरण गरेका थिए । vlcsnap-2024-10-03-18h55m44s144

वार्षिकोत्सवका अवसरमा गरिने कार्यक्रममा लाग्ने खर्च यस पटक बाढीपीडितका लागि सहयोग गरेको सङ्घका सल्लाहकार टीका ढकालले जानकारी दिए ।

वडा नम्बर ८ मा छुट्टै राहत कोष स्थापना गरेर सोही कोषमा सो रकम जम्मा गरिनेछ । 

वडा नम्बर ८ का बाढीपीडितका लागि खर्च गर्ने गरी सहयोग प्रदान गरेकोमा मेयर कोइरालाले सङ्घलाई धन्यवाद ज्ञापन गरेका थिए ।