इटहरी । आजा घटस्थापनाको दिन घर घर तथा मोठ मन्दिरमा जमरा राख्दै दशै भित्राउने गरिन्छ त्यस्तै इटहरीमा पनी यस वर्ष सार्वजनिक दुर्गा पूजा र राधा कृष्ण शिव मन्दिरमा पनी जमरा राखिएको छ ।

प्रत्यक वर्ष इटहरीमा विधिवत पुजा अर्चाना गरी सार्वजनिक दुर्गा पूजा आयोजक समितिले सुरु गरेको हो ।

दुर्गा माताको पूजा आराधना र नवरात्रमा नौ दिनसम्म चल्ने धार्मिक कार्यक्रमले धार्मिक आस्था र सांस्कृतिक परम्परालाई निरन्तरता दिदै आएका छन् ।

घटस्थापनाको दिनबाट शुभारम्भ भएको यस पूजामा ४५ किलो सम्मको जौ, मकै, र गहुँको विउ छर्ने गरिदै आएको छ ।

नवरात्रभर नियमित पूजा विजया दशमीको दिन देखि निशुल्क वितरण गरिनेछ ।IMG_20241003_110321

सार्वजनिक दुर्गा पूजा आयोजक समितीका अध्यक्ष सन्दीप बोगटीले यस वर्षको पूजा कार्यक्रम विशेष महत्त्वपूर्ण रहेको र दैनिक पुजा र बेलुका सन्ध्या आरती गरिने पनी बताए ।

यस वर्षको पूजा कार्यक्रममा भक्तजनहरूको संलग्नता अझ बढी उत्साहजनक हुने अपेक्षा गरिएको छ ।IMG_20241003_103820

निशुल्क जमरा वितरणको व्यवस्था गर्नुका साथै समितिले सबैलाई पूजा कार्यक्रममा सहभागी गराई धार्मिक एकता र सामाजिक सद्भाव कायम राख्न विशेष जोड दिएको छ ।

यो सार्वजनिक दुर्गा पूजाले इटहरीको धार्मिक तथा सांस्कृतिक जीवनमा महत्त्वपूर्ण स्थान राख्दछ । यसले धार्मिक आस्था मात्र नभई सामाजिक एकता र समर्पणको सन्देश पनि प्रवाह गर्र्छ । इटहरीको सार्वजनिक दुर्गा पूजालाई ऐतिहासिक बनाउन यस पटक स्थानीय युवाहरूको उत्साहजनक सहभागिता समेत देखिएको छ ।