इटहरी । इटहरी ४ मा रहेको निसाहय बालबालिका सेवा आश्रमको २८ औँ साधरणसभाले राजेन्द्र श्रेष्ठको अध्यक्षतामा नँया कार्य समिती चयन गरेको छ ।
बुधबार आश्रमको सभा हलमा भएको साधरणसभाले उपाध्यक्षमा बलबहादुर न्यौपाने र नटवर राठीे,सचिवमा रवि शंखर गौतम,स सचिव लिचिन गौतम, कोषाध्यक्षमा राजेश अग्रवाल सह कोषाध्यक्षा इन्दिरा खड्का कार्की, कानुनी सल्लाहकार सुर्यमणि निरौला र सदस्यहरुमा योगेन्द्र कटुवाल, गायत्री भट्टराई दाहाल,पार्वती निरौला, मेनुका पाण्डे, प्रकाश महतोलाइ सर्वसम्वतले चयन गरेको छभने बरिष्ठ सल्लाहाकार राम कुमार सुब्बा,कानुनी सल्लाहाकारमा शालिग्राम पाण्डे,विषेश सल्लाहाकार नगर प्रमुख हेमकर्ण पौडेल लगायतका रहेका छन् ।
साधरणसभा निसाहय बालबालिका सेवा आश्रमकी संचालिका गिता गौतमकोे अध्यक्षयतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि इटहरी उपमहानगर पालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले लामो समयदेखि निसाहय बालबालिकाहरुलाइ आश्रय दिदै आएको आश्रमलाई संघिय सरकारले स्थानिय सरकारलाइ सानो सानो काम गर्न मात्र जिम्मेवारी दिएको छ । ,
यो निसाहय अनाथ आश्रमले धेरै अगाडी देखि सहयोगको अपेक्षा गरेको थियो र यस पटक नगरपालिकाले यसपालिको बजेटमा २५ लाख रुपैया राखेको र यस आश्रमको भवन नगरपालिकाले बनाइदिने पनी पौडेलले प्रतिवद्धता जनाए ।
आश्रमले साधरण सभा कार्यक्रममा सामाजिक कार्यमा योगदान पुर्याएका साथै स्थपना देखिनै आश्रम लाई विभन्न क्षेत्रबाट सहयोग पुर्याउने ब्यत्तिहरुलाई आजिवन सदस्यता प्रमाणपत्र वितरण समेत गरिएको छ ।
कार्यक्रममा समावसेवी राजेश श्रेष्ठ, इटहरी ४का वडा सदस्य अमृत बस्नेत लगाएतका अतिथिहहरुको सहभगिता रहेको थियो ।