इटहरी । नेपाल विद्युत प्राधिकरण समूह कोशी प्रदेशको प्रादेशिक ५ औं बार्षिक सधारण सभा तथा दोस्रो महाधिवेशनले उमेश पोख्रेलको अध्यक्षतामा नँया कार्य समिती चयन भएको छ । 

त्यस्तै उपाध्यक्षमा नवजीबन अधिकारी, सचिब विर बहादुर लामा , सह– सचिव केदार भण्डारी , कोषाध्यक्षमा नविन पौडेल, सदस्यहरुमा सबिन लम्साल, दिपेन्द्र सिँगक, मणि कुमार परियार, ललित राई, माधब घिमिरे, अमलेश मेहता सर्वसम्बत  निर्वाचित भएका छन् ।IMG_20240929_200845

निर्वाचन समिती संयोजक प्रणव भण्डारी,सदस्य नगेन्द्र अधिकारी, हेमराज दाहालको निर्वाचन समितीले सर्वसम्बतले निर्वाचित गराउका थिए । 

प्रवृधिमैत्री नागरिकहरुले प्रयोग गर्दै आएको मोबाईल लगायतका विधुतिय उपकरण मर्मतका लागि समस्या भईरहेको सन्दर्भमा २०७७ सालमा विधिवत रुपमा दर्ता गरि अगाडि बढेको उक्त संस्थाले प्राविधिक पेशालाई मयांदित बनाउन पुराना डिभाईसहरुलाई मर्मत गर्दै राज्यको कोष सिंचित गर्दै आएको हुदा राज्यले यस सस्था तर्फ ध्यान दिनु जरुरी रहेको सधारण सभाका अध्यक्ष यज्ञराज दाहाल (नवराजले बताए । Messenger_creation_057FBC93-ACF5-4740-8A09-F14D1772CD95

कार्यक्रममा बोल्दै विगतमा सञ्चालन भईरहेका तालिम भन्दा पृथक तरिकाले प्रविधीयुक्त तालिमहरु स्थानीय तहहरुसँग विभिन्न सञ्चालन गर्दै क्षमता, सिप, दक्षतालाई अगाडि बढाउन आवस्यक रहेको सहभागीहरुले बताएका छन् । 

प्रादेशिक ५ औं बार्षिक सधारण सभा यज्ञराज दाहाल (नवराजको अध्यक्षता तथा संघीय सांसद अशोक कुमार चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५का अध्यक्ष गणेश चौधरी,आस्मान नेपालका प्रोजेक्ट मेनेजर गणेश दाहाल,ब्यवसायस् चन्द्र बहादुर राई, लगायत कोशी प्रदेशका विभिन्न स्थानबाट सहभागिता रहेको थियो ।