इटहरी । बंगलादेशको राजधानी ढाकामा आगामि अक्टुबर १ देखी ५ तारिक सम्म संचालन हुने कम्ब्याड गेम तेक्वान्दो स्कुल प्रतियोगीतामा प्रतिस्पर्धा गर्न विश्व आदर्श एकडेमीकी खेलाडीलाई एक कार्यक्रमको आयोजना गरि विदाई तथा सम्मान गरिएको छ ।
विश्व आदर्शको कक्षा १० मा अध्यनरत छात्रा रिषिका बुढाथोकीलाई एक कार्यक्रम विच नेपालबाट प्रतिनिधित्व गर्दै सहभागी हुन छनौट भएकोमा शुभकामना सहित सम्मान गरिएको हो ।
एकडेमीले बुढाथोकीलाई प्रोत्सान बापत नगद १५ हजार पुरस्कार सहित विदाई गरेको थियो ।
त्यस्तै कार्यक्रममा टिम प्रशिक्षक ज्ञानेन्द्र विकलाई समेत सम्मान गरिएको खेल प्रशिक्षक फडिन्द्र खड्काले जानकारी दिए ।
कार्यक्रममा विश्व आदर्श एकडेमीका अध्यक्ष लेखनाथ घिमिरे ,प्राचार्य गणेश कुमार दुलाल, विद्यालयका सह प्रधानाध्यापक मोहन निरौला,स्कुल कोडिनेटर सुरज मादेन लिम्बु र सोनम थापा लगायतले सफलताको कामना सहित विदाई तथा सम्मान गरेका थिए ।