इटहरी । नागरिक समाज इटहरीले अन्तरक्रिया एबम शुभकामना आदान प्रदान कार्यक्रम इटहरीमा सम्पन्न गरेको छ । 

आउदै गरेको विजया दशमी तथा दिपावली लगायतका पर्वहरुको अवसरमा आयोजित कार्यक्रममा चाँड पर्वका विषयमा केन्द्रित अन्तरक्रिया एबम शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो । 

इटहरीको दुर्गाा पाटी प्यालेसमा आयोजित कार्यक्रममा वक्ताहरुले उपभोक्ता र सर्वसाधारणका हितका लागि उद्योग वाणिज्य संघ इटहरीले पनि सरकारी नियमनकारी निकायलाई बजार अनुगमनका क्रममा सहयोग गर्ने र बेलाबखतउद्योगीव्यवसायीलाईं तोकिएको भन्दा बढी मूल्यमा वस्तु तथा सामान विक्री नगर्न आग्रह गर्दै चाडपर्वको पूर्वसन्ध्यामा पनि सचेतना मूलक कार्यक्रम गर्ने संघका अध्यक्ष जीवन पराजुलीले बताए । 

चाडपर्व सुरु भएसँगै इटहरी लगायत अन्य स्थानहरुमा सवारी दुर्घटनाहरू बढ्ने गरेकोमा राजमार्ग सुरक्षातथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले यात्रु बाहक वसहरुमा सादा पोशाकका प्रहरी समेत परिचाल गरी यात्रुहरुको सुरक्षामा खटाइने डिएसपी रामेश्वर त्वातीले बताए ।WhatsApp Image 2024-09-27 at 18.47.44

त्यस्तै शान्ति सुरक्षाको सवालमा इटहरी क्षेत्रमा दसैं देखि तिहार सम्म बढी घटना भएकाले गर्दा यस पटक विशेष योजना बनाएर अघि बढ्ने इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राजेन्द्र पौडेलले जानकारी दिए  । 

इटहरी अस्पतालमा चाडपर्वको बेलाउपचार गर्नका लागि दरबन्दीको चिकित्सकनहुँदा समस्याहुने गरेको अस्पतालका निम्ति प्रमुख मनिषकुमार शर्माले गुनासो गरे ।vlcsnap-2024-09-28-16h00m12s199

इटहरी उपमहानगर पालिका खाद्य निरीक्षक अनु अर्यालले सर्वसाधारणको उजुरी र नियमित आधारमा अनुगमनलाई तिब्रता दिएको बताइन् ।

इटहरी खानेपानी उपभोक्ता समिति मार्फत दैनिकदुई करोड १६ लाख लिटर पानी उत्पादन गर्ने गरिएको इटहरी खानेपानीउपभोक्ता समितिले हिउँदमा पाँचवटा बोरिङ् थपेर तीन हजार धारा जडान गर्ने लक्ष्य राखेको र यदि बोरिङ् नथपिएको अवस्थामा नयाँ घर बन्दा कुनै पनि घरमा धारा जडान गर्न सक्ने अवस्था नभएको खाने पानी उपभोक्ता समितिका व्यवस्थापक हरि कट्वालले सरोकार वाला छलफल कार्यक्रममा हुन 

नागरिक समाजले चाडपर्वमा सर्वसाधारण लाई सहज बनाउने उद्देश्य राखेर गरिएको कार्यक्रममा इटहरीमा रातको मसयम बिजुली जाने गरेको प्रसंगमा नेपाल विद्युत प्राधिकरण इटहरीका प्रमुख राम उदगार साहले चाडपर्वमा विद्युतमा कुनै समस्या नहुने प्रतिबद्दता जनाएका थिए ।

कार्यक्रम नागरिक समाज इटहरीका अध्यक्ष आरके राईको अधयक्षता तथा  

नागरिक समाजका उपाध्यक्ष भोलाकाजी बस्नेतको संयोजनमा भएको कार्यक्रममा निबर्तमान अध्यक्ष बालिका खड्का भट्टराई,पुर्व अध्यक्ष सन्त बहादुर डुम्जन,राजेश श्रेष्ठ,बोधराज नेपाल लगायतको सहभागिता रहेको थियो ।