इटहरी । पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५ औं विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाएको छ ।
सोही अवसरमा जिल्ला होटल तथा पर्यटन ब्यबसायि संघ सुनसरी र होटल तथा लज ब्यबसायि समितिको सयुक्तरुपमा इटहरीमा विश्व पर्यटन दिवस कार्यक्रम सम्पन्न गरेको हो ।
देशको आर्थिक तथा सामाजिक विकासलागि शान्ति अपरिहार्य रहे जस्तै शान्ति विना पर्यटनको विकास समेत सम्भव नहुने र ’पर्यटनलाई नेपालको विकासको इन्जिनको रुपमा लैजान सकिन्छ । यसको लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै जाने हो भने नेपालमा पर्यटनको विकास हुने कार्यक्रमका वक्तहरुले बताएका थिए । 
होटल तथा लज ब्यबसायि समितिका अध्यक्ष उमेश दाहालको सम्योजन भएको कार्यक्रम जिल्ला होटल तथा पर्यटन ब्यबसायि संघका अध्यक्ष तेज बहादुर पुरीको अध्यक्षता तथा पर्यटन वोर्डका पुर्व सदस्य कृष्ण साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा होटल ब्यबसायि महासंघ का केन्द्रिय उपाध्यक्ष रबिन गौतम, प्रमुख सल्लाहकार अनुरोध थापा , होटल ब्यबसायी महा संघका महासचिव बासु बराल , प्रिमियर कलेजका अध्यक्ष सुनिल भुसाल, इम्पिरियल कलेजका प्रमुख सुमन घिमिरे लगायतको सहभागिता रहेको थियो ।




















