सप्तकोशी नदीमा पानीको वहाव बढ्ने क्रम सुरु भएको छ । कोशी ब्यारेजमा पानी बहाव उच्च मापन गरिएको छ । शनिवार बिहानको मापन अनुसार सप्तकोशी नदिमा पानीको बहाव ३ लाख ८१ हजार ८१० क्युसेक पुगेको छ।  कोशी ब्यारेजमा अहिले ५६ मध्ये  ५० वटा ढोका खोलिएको छ । पानीको बहावमा उतारचढाव भएपनि अवस्था सामान्य रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । निरन्तरको वर्षापछि कोशी ब्यारेजमा पानी बहाव उच्च भएपछि दुईतर्फ रातो बत्ति बालिएको छ । ३ दिनदेखि लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको बहावमा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।