विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगको सदस्य दुई जनालाई सपथ ग्रहण गराइ पदभार समालेका छन्  । 

बिहीबार बसेको प्रदेश मन्त्री परिषद्को बैठकले सुनसरीको बराहक्षेत्र नगरपालिका ७ का नारायण कोइराला र विराटनगर महानगरपालिका– ४ की प्रमिलाकुमारी गच्छदारलाई नियुक्तीका लागी  निर्णय गरेको थियो । 

आज एक समारोह विच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगका नव नियुक्त सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण सहित पदभार ग्रहण गराएका छन् ।WhatsApp Image 2024-09-27 at 17.50.54 (1)

दुवैजना नेपाली कांग्रेसको कोटा बाट नियुक्त भएका हुन् । 

कोइराला नेपाली कांग्रेस कोशी प्रदेशका मुखय सचिव र गच्छदार प्रदेश सहमहामन्त्री रहेका छन् भने कोईरालाको दोस्रो पटक पदभार गराएको हो ।vlcsnap-2024-09-27-18h05m29s125

समारोहमा प्रदेशका विभित्र मन्त्रालयका मन्त्रीहरु, प्रदेश सभाका सदस्यहरु,प्रदेश योजना आयोगका कर्मचारी लगायतका विभिन्न मन्त्रालयका एवं मुख्यमन्त्री कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।