इटहरी । लायन्स क्लब अफ इटहरी मनकामना र लियो क्लब अफ मनकामनाको सप्ताब्यपी कार्यक्रम अन्तरगत एक हप्ते उर्जाध्यान प्रयोगशाला शिविर सम्पन्न भएको छ ।
इटहरी ४ मा रहेको मनकामना मन्दिरको सभा हलमा आयोजित जिवन विज्ञान योग शिविरमा बेलगाछी टोल विकाश सस्थाका लगायतको सात दिन सम्मनै उलेखिय सहभागिता रहेको थियो ।
शिविरमा इटहरी उपमहानगर पालिका वडा नम्बर ४ का वडा सदस्य तथा जिवन विज्ञानका प्रशिक्षक विश्लेश्वर पोख्रेल लगायतले प्रशिक्षण गराएका थिए । 
मानिसको उमेर बढ्दै जाँदाखेरि मानिसले आफ्नो खुशीलाई छोडेर अरुतिर ध्यान जाने गर्छ मानिसको भौतिक सेवा सुविधा आफ्नो पेशा आफ्नो व्यवसाय आफ्नो केरियर यसरी बढाउँदै जान्छ र अध्यात्मकको गहिरो प्रयोगात्मक अभ्यास,र प्राणायाम लगायत विभिन्न ध्यान विधिहरुले मनोविज्ञानको माध्यमबाट मानिसले गुमाएका खुसीलाई आर्जन गर्ने तरिकाहरु सिकाउने उदेश्यले सातदिने उर्जाध्यान प्रयोगशाला शिविरको आयोजना गरेको लायन्स क्लब अफ इटहरी मनकामनाकी अध्यक्ष भारती श्रेष्ठले जानकारी गराइन ।
समापन कार्यक्रममा लायन्स मनोकामनाका कोषाध्यक्ष भिम बहादुर श्रेष्ठ,समाजसेवी रमेश खत्री लगायतको सहभागिता रहेको थियो ।
क्लबले यस अगाडी ट्राफिक प्रहरीलाई डिभाइडर,माक्स र कचना महादेव माध्यमिक विद्यालयको बाल विकासमा टिभी वितरण तथा सुगर,प्रेसर परिक्षण, साथै खानपिनका विषयमा सचेतना कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।




















