इटहरी । लायन्स क्लब अफ इटहरी मनकामना र लियो क्लब अफ मनकामनाको सप्ताब्यपी कार्यक्रम अन्तरगत शनिबार स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

इटहरी ४मा रहेको जेष्ठ नागरिक मञ्चको सभा हलमा आयोजित कार्यक्रममा सुगर,प्रेसर परिक्षणका साथै खानपिनका विषयमा सचेतना कार्यक्रम गरिएको थियो । 

कार्यक्रममा मेडी केयर प्राथमिक उपचार केन्द्रका स्वास्थ्यकर्मी रमला सापकोटा र प्रतिमा महर्जनले शिविरमा आएकाहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।WhatsApp Image 2024-09-21 at 18.50.04

 जेष्ठ नागरिकहरुको उमेर संगै प्रेसर,सुगरको अवस्था लाई मध्यनजर गर्दै लायन्स क्लब अफ इटहरी मनकामनाले एक दिने प्रेसर,सुगर परिक्षण कार्यक्रमको आयोजना गरेको  लायन्स क्लब अफ इटहरी मनकामनाकी अध्यक्ष भारती श्रेष्ठले जानकारी गराइन ।WhatsApp Image 2024-09-21 at 18.50.04 (2)

स्वास्थ्य परिक्षणमा विभिन्न टोलका जेष्ठ नागरिक लगायतका ५० भन्दा बढीले परिक्षण गराएको लायन्स क्लब अफ इटहरी मनकामनाकी सचिव विजया प्याकुरेलले जानकारी दिइन । 

लायन्स क्लबका स्थाई कार्यक्रम संयोजक भुपराज पुरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लायन्स क्लबकी जोनचेयर पर्सन कमला थापा कार्की, लायन्स मनोकामनाका कोषाध्यक्ष भिम बहादुर श्रेष्ठ , जेष्ठ नागरिक मञ्चका अध्यक्ष भक्र बहादुर न्यौपाने लगायतको सहभागिता रहेको थियो । WhatsApp Image 2024-09-21 at 18.50.04 (1)

एक हप्ते जिवन विज्ञान योग शिविर संचालन भइरहेको र ट्राफिक प्रहरीलाई डिभाइडर,माक्स र कचना महादेव माध्यमिक विद्यालयको बाल विकासमा टिभी वितरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।