इटहरी । लायन्स क्लब अफ इटहरी मनकामना र लियो क्लब अफ मनकामनाको सप्ताब्यपी कार्यक्रम अन्तरगत शुक्रबार विभिन्न स्थानमा एकै दिन तिन वटा कार्यक्रमको आयोजना गरेको छ ।
जिवन विज्ञान,ट्राफिक प्रहरीलाई डिभाइडर,माक्स र बाल विकासमा टिभी वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
ट्राफिक प्रहरीको स्वास्थ्य सुरक्षका लागी माक्स र सडक सुरक्षमा सहज होस भन्ने उदेश्यले ६ थान डिभाइडर नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यलयका प्रमुख प्रहरी उपरिक्षक सरोज पौडेल लाई हस्तान्तरण गरेको छ ।
साथै इटहरी ४ मा रहेको कचना माहादेव माध्यमिक विद्यालयमा अध्यनरत बाल विकासमा विपन्न परिवारका बाल बालिकाहरुका लागी डिजिटल प्रविधी बाट शिक्षा प्रदान गर्न सहज होस भनेर ३२ ईन्चको टिभी वितरण गरिएको छभने जिवन विज्ञानका प्रशिक्षकहरु द्धारा स्वास्थ्य रहन योग सुरु गरेको लायन्स क्लब अफ इटहरी मनकामनाकी अध्यक्ष भारती श्रेष्ठले जानकारी गराइन ।
लायन्स क्लबले सामाजिक कार्य अन्तरगत खाना,नाना र छाना भन्ने अभियान संगै विभिन्न सस्थाहरुमा आवस्यक सहयोग गर्नु परेमा क्लबले पुरा गर्ने वितरण कार्यक्रमकी प्रमुख अतिथी लायन्स डिष्ट्रिक ३२५ सीकी न्यूभ्वाइसेस मार्केटिङ कोर्डिनेटर सुमी थापाले बताइन । 
कचना माविका सहयक प्रधानध्यापक पुण्य प्रसाद निरौलाले टिभी हस्तान्तरण यो स्कुलले विपन्न परिवारका छोरा छोरीहरुका लागी लायन्स क्लब इटहरी मनोकामनाले गरेको सहयोगले बाद बालिकाको लागी धेरै ठुलो सहयोग भएको बताए ।
लायन्सको नेतृत्वमा रहेका क्लबले समाजमा धेरै खालको समस्यहरु हुन्छन , जहाँ समस्या त्यहा लायन्स भन्ने नाराका साथ विभिन्न कार्यक्रहरु गर्दै आएको छ । 
लायन्स क्लब अफ इटहरी मनकामनाकी अध्यक्ष भारती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लियो क्लब अफ मनकामनाकी अध्यक्ष प्रतिभा अधिकारी, लायन्सका कोषाध्यक्ष भिम बहादुर श्रेष्ठ, पुर्व अध्यक्ष निर्मला बस्नेत,स्थाई कार्यक्रम संयोजक भुपराज पुरी, आगामी अध्यक्ष सिनेट रिजाल, दशनामी सेवा समाज सुनसरी अध्यक्ष गोविन्द पुरी, इटहरी मनकामनाकी सचिव बिजया प्याकुरेल लगायतको सहभागिता रहेको थियो ।




















