इटहरी । पाथिभरा सेकेण्डरी स्कुलले बिद्यार्थीहरु लाई जीवन यापन, र व्यवहारका लागि आवश्यक पर्ने जीवनको अर्थमा केन्द्रित एक दिवसिय जिवन दृष्टी एव्म जिवनशैली विषयक कार्यशाला सम्पन्न  गरेको छ । 

विद्यार्थीहरुको पठन पाठन संगै योगको अर्थलाई विस्तार पूर्वक हेर्ने हो भने शरीर र आत्मासँग स्वास्थ्यलाई रहन जसकारण स्वस्थता प्राप्ति, रोग निवारणका लागि योगका माध्यम बाट स्वस्थ रहने  स्वास्थ्य रक्षाको माध्यम योगनै रहेको विषयमा जानकारी गराउन कार्यशालाको  आयोजना गरेको पाथिभरा वोर्डिङ स्कुल व्यवस्थापन समितिका अध्यक्ष निर्मलकुमार रिजालले जानकारी दिए ।

 जिवन दृष्टी, जिवनशैली विषयक कार्यशालामा आहारविद् एवं जीवनशैली तथा योग प्रशिक्षक डाक्टर राजु अधिकारीले आत्मा भनेको सीमित चेतना हो ।WhatsApp Image 2024-09-15 at 15.49.57 (1)

 आत्मालाई चेतनासँग जोड्नु योग जीवनका हरेक पाटाहरुसँग योग जोडिएको हुन्छ । व्यावहारिक रुपमा योग भनेको आजभोलि चलन चल्तीमा रहेको व्यायाम, कसरत, वर्क आउट पद्धति भन्दा पूर्ण वैज्ञानिक, आफ्नै रैथाने विज्ञान र संस्कृति हो । 

आजभोलि देखिएका सबैजसो रोगमा अन्तिम औषधि भनेकै योगनै सर्वश्रेष्ठ उपाए लगायतका जीवनशैलीसँग जोडिएका विषयमा डाक्टर अधिकारीले सहजिकरण गरेका थिए । WhatsApp Image 2024-09-15 at 15.49.59

कक्षा २ देखि कक्षा १० सम्मका आठ सय विद्यार्थीहरुको सहभागिता रहेको थियो ।  

कार्यक्रममा पाथिभरा सेकेण्डरी स्कुलका प्रिन्सिपल डाक्टर गोपाल नेवार श्रेष्ठ, स्कुलकि बोर्डअफ डाईरेक्टर चण्डीका  भण्डारी,रोमन कट्टेल,कोडिनेटर विजय गौतम लगायतको सहभागिता रहेको थियो । 

WhatsApp Image 2024-09-15 at 15.50.08