इटहरीमा असोज २ देखि नगर बस सन्चालनमा आउने

  • भदौ ३१, २०८१
  • सप्तकोसी अनलाइन
alt

    इटहरी  ।   इटहरी उपमहानगरपालिकाले सर्वसाधारण नागरिकलाई सहज, सुरक्षित, र सुलभ सार्वजनिक यातायात सेवा प्रदान गर्ने उद्देश्यले  असोज २ गतेदेखि विद्युतिय नगर बस सेवा सुरु गर्ने भएको छ। प्रारम्भिक चरणमा ४ वटा विद्युतीय बसहरू नगरका विभिन्न रुटहरूमा सञ्चालनमा ल्याइनेछन्।   

    इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण  पौडेलले पत्रकार सम्मेलन गर्दै  नगर बस सञ्चालनमा आउने जानकारी दिए। सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएको अवस्थामा, नगरपालिकाले यस कदमलाई नागरिकहरूको यात्रालाई सुविधाजनक बनाउने प्रयासको रूपमा लिएको छ।WhatsApp Image 2024-09-16 at 18.15.41 विद्युतीय बस सेवा वातावरणमैत्री, सुरक्षित, भरपर्दो, र उपभोक्तामुखी हुने बताइएको छ । नागरिकलाई सहुलियतपूर्ण ढंगमा सेवा उपलब्ध गराउन बसको सेवा शुल्क रू. २० तोकिएको छ। भोलि असोज १ गते विश्वकर्मा पुजा गरेर बिहान ७ बजेबाट ११ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म नियमित सञ्चालन हुनेछन्।BUS-MK

    धरान–विराटनगर सडकमा तरहरादेखि वडा नं. १३ को अरिहन्त मल्टिफाइवर्ससम्म, पूर्व–पश्चिम सडकमा बुढी खोला (मिलन चोक) देखि लगुना चोक बिजुली अफिससम्म, इटहरीबाट साथी फ्यूल, वडा नं. १० टावर हुँदै वडा नं. ११ खेटीपुल, नहरको बाटो हुँदै इटहरी, इटहरीबाट तरहरा, भवानीपुर, कान्छी चोक, पकली हुँदै इटहरी, इटहरीबाट तालतलैया, त्रिभुवन चोक, देविस्थान हुँदै पुनः त्रिभुवन चोक, हवाई चोक, आँपगाछी हुँदै इटहरी , इटहरीबाट लविपुर, वडा नं. १६, वडा नं. १५ को चाँदवेला सीमाना हुँदै वडा नं. १७ कार्यालय र कान्छी चोक हुँदै इटहरी बस सेवा निम्न रुटहरूमा सञ्चालन हुने रुट निर्धारण समितिका संयोजक तथा उपमहानगरका प्रबत्ता दिवश पोखरेलले जनाए । इटहरी उपमहानगरपालिकाले यस नगर बस सेवाले नागरिकहरूको दैनिक यात्रा थप सहज र सुविधाजनक बनाउने विश्वास लिएको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताए।  विद्युतीय बसहरूले वातावरणमा सकारात्मक प्रभाव पार्दै सस्तो र भरपर्दो यातायात सेवा उपलब्ध गराउनेछन्।

    हाम्रो बारेमा

    • सप्तकोसी अनलाइनले पुर्वाञ्चलको इटहरीमा केन्द्रीय कार्यलय स्थापना गरि पुर्वाञ्चलको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा योगदान गर्ने उद्धेश्यले नियमित खबर प्रवाह गर्दै आएको छ ।
    • सप्तकोसी अनलाइन
    • सूचना विभाग दर्ता नंः ७७७/०७४–७५
    • प्रेस काउन्सिल दर्ता नं: ८९२/०७२/०७३
    • कम्पनी दर्ता नं: १४१०३०/०७२/०७३
    • स्थायी लेखा नं.: ६०३५५०७८२
    • विज्ञापन तथा सुचनाको लागि
    • ९८४२१८२६०२, ९८१९३४५६२७

    हाम्रो टीम

    • अध्यक्ष/प्रधान सम्पादक विकल रेग्मी
    • सम्पादक मोहन अधिकारी
    • संवादाता दिपक कार्की, पवन सिक्देल