इटहरी । पाथिभरा सेकेण्डरी स्कुलले बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटन तथा क्षमता अभिवृद्धी गर्ने उदेश्यका साथ आयोजना गरेको पाथिभरा ट्यालेन्ट हन्ट सम्पन्न तथा विद्यार्थीहरुको दुर्घट्ना विमा घोषणा गरिएको भएको छ । 

 राष्ट्रिय बाल दिवसको अवसरमा बिद्यालयले पाथिभरामा अध्यनरत सम्पुर्ण विद्यार्थीहरुको प्रोटेटिप माइक्रो ईन्सोरेन्समा  एक लाख बराबरको खेल्दा,हिन्दा चोटपटक लागेमा विमा बापतको रकम बाट उपचार गरिने पनी कार्यक्रममा घोषणा गरिएको छ  ।

दुई दिन सम्म संचालन भएको बिद्यालयमा अध्यनरत कक्षा पिजि देखि कक्ष १ सम्म र दोस्रो दिन दुई देखि कक्षा १० सम्मको विद्यार्थीहरुको विभिन्न विधाका प्रतिभाहरु प्रस्तुत गरेर  ग्राण्ड फिनालय सम्पन्न गरेको छ ।

एक हजार जना बिद्यार्थीहरुको सहभागितामा विभिन्न विधामा प्रतियोगितामा सहभागी मध्य एक सय विढी लाई पुरस्कृत हुन सफल भएका थिए । सो प्रतियोगितामा बिद्यार्थीहरुले नृत्य, गायन, बोल्ने कला, नाटक, कबिता बाचन  लगायतका प्रतिभाहरु प्रस्तुत गरेका थिए । प्रत्येक बिधामा बिद्यार्थीहरुलाई प्रथम,द्धितिय र तृतिय  घोषणा गरिएको  थियो ।459447484_1243152553322809_1152793709347975055_n

प्रथम,द्धितिय र तृतिय हुने बिद्यार्थीहरुलाई ट्रफि ,मेडल र प्रमाण पत्रले आइतबार पुरस्कृत गरिने स्कुलकि बोर्डअफ डाईरेक्टर चन्द्रिका भण्डारीले  जानकारी दिईन  । खेलकुदले बिद्यार्थीको स्वास्थ्थ अवस्था राम्रो हुने हुदा हाल बिद्यार्थीहरुकालागि व्यायामशाला को व्यवस्था गर्नुका साथै आगामि दिनमा स्कुल परिसरमै फुटसल निर्माण गर्ने पनि बिद्यालयले जनाएको छ ।

आज बाल दिवसको अवसर पारेर बिद्यालयले बिद्यालयमा अध्ययनरत सबै बिद्यार्थीको दुर्घटना बिमा गर्ने घोषणा गरेको पाथिभरा वोर्डिङ स्कुल व्यवस्थापन समितिका अध्यक्ष निर्मल कुमार रिजालले जानकारी दिए । WhatsApp Image 2024-09-14 at 15.16.56 (1)

निर्णायकहरुमा  लक्ष्मी डान्स सेन्टरकी लक्ष्मी समाल मगर र रिचा काफ्ले विद्यार्थीहरुको प्रस्तुतीको आधारमा प्रथम,द्धितिय र तृतिय हुनेको नाम घोषणा गरेका थिए ।

स्कुलले समय अनुकुल विद्यार्थीहरुको सिकाइका लागि प्रविधियुक्त कक्षाहरु सञ्चालन गर्र्दै आएको र पठन संस्कृति, सिप शिक्षा, आध्यात्मिक साधन ज्ञान , लगायतका विषयमा विद्यालयले विद्यार्थी,अभिभावकको मन जित्न सफल हुदै आएको छ । बद्री प्रसाद दाहालको प्रमुख आतित्थथमा भएको कार्यक्रममा पाथिभरा सेकेण्डरी स्कुलका प्रधानध्यपक डाक्टर गोपाल श्रेष्ठ लगायत विद्यार्थीहरुका अभिभावकहरुको उल्लेखनिय संख्यामा सहभागिता रहेको थियो ।459459257_1243151083322956_3131847492701488611_n