इटहरी । नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको आयोजनामा आउदै गरेको विजया दशमी, शुभ दिपावली लगायका पवको शुभकामना आदान प्रदान तथा उप–महानगर कार्य समिति पूर्णता कार्यक्रम सम्पन्न भएको छ ।
इटहरी ५, पँचरुखीमा रहेको जनजागरण पुस्तकालयमा आयोजना भएको पुर्णता कार्यक्रममा बाट सर्वसम्बतले कृष्ण नेपालको अध्यक्षतामा ११ सदस्यता कार्य समिती चयन गरेको छ ।
उपाध्यक्षमा धन बहादुर श्रेष्ठ, सचिवमा राजु गौतम ससचिवमा चिन्तामणी पौडेल, कोषाध्यक्षमा रञ्जिता दाहाल,सदस्यहरुमा यज्ञराज दाहाल,कृष्ण प्रसाद शर्मा,बिदुर ओझा,टिका थापा,पुरुषेत्तम सापकोटा चयन गरिएको छ भने आर्थिक संयोजक पुण्य चौलागाँई र सल्लाहकारहरुमा प्राध्यपक डाक्टर बद्रीबिशाल पोख्रेल र राजकुमार रिजाल रहेका छन् । 
निवृत्त भएका कर्मचारीहरुलाई एक जुट बनाएर निवृत्त कार्मचारीहरुको अधिकारका विषयमा र समाजका लागी सामाजिक कार्य गर्न सहज होस भनेर इटहरीमा यो पहिलो समिती विस्तार गरेको अध्यक्ष नेपालले जानकारी दिए ।
सो कार्यक्रममा निवृत्त कर्मचारी संघकी अजिवन सदस्य तथा लोक दोहरी गायिका गंगा गौतम आचार्यले गित गाएर मनोरञ्जन गराएकी थिन ।
कार्यक्रममा नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघका केन्द्रिय सदस्य हेमन्त गौतम,हेमराज खड्का लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















