इटहरी । नेपाल परिवार नियोजन संघ  परिवार स्वास्थ्य केन्द्र इटहरीले एच आई भि संक्रमण वचावटकालागि गरिने उपचार विधी सम्बन्धमा जिल्लाका सरोकारवाला निकायहरु बिच समन्वयका लागि सचेतीकरण कार्यक्रम सम्पन्न गरेको छ । 

परिवार स्वास्थ्य केन्द्र इटहरीले एच आई भि संक्रमण वाट बचाउनका लागी प्रेप को सुविधा सुरुगरेको छ । 

कार्यक्रममा जिल्ला प्रसाशनका निमिक्त जिल्ला प्रमुख अधिकारी बेदराज फुयल,इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक रमेश बन,नेपाल रेडक्रसका सभापती दिनेश भट्टराई,महिला सहयोगी समुहकी अध्यक्ष विमला मल्ल ठकुरी,लगायतका विभिन्न महिलाहरुको क्षेत्रमा काम गर्ने संघ,सस्थाका प्रतिनिधी,जानप्रतिनिधीहरुको सहभागितामा प्रेप औषधीका विषयमा छलफल गरिएको थियो । WhatsApp Image 2024-09-12 at 19.07.19 (2)

यो प्रि एक्सपोजर प्रोफाइल एक्सेज हो जो एच आइ भीको जोखिममा हुन्छन  अबको दिनमा एच आइ भीको न्युनिकरण गर्नको लागि प्रेप दिने गरिन्छ यो नेपाल परिवार नियोजनले २०२४ को प्रोजेक्ट ल्याएको छ । 

जो जोखिम पुर्ण व्यवहारमा छन् तेस्ता महिला योनकर्मिहरुका लागी अब इटहरीबाट पे्रपको सेवा संचालनमा ल्याएको परिवार स्वास्थ्य केन्द्रकी प्रमुख रानु राउतले बताइन । 

परिवार स्वास्थ्य केन्द्र इटहरीले परिवार नियोजन , गर्भपतन ,सुत्केरी सेवा गराउने सेवा उपलव्ध गराउदै आएको छ । 

केन्द्रले सञ्चालन गर्दै आएका सेवाहरु सेवाग्राहीलाई नै पायक पर्ने ठाउँहरु सम्म पुगेर सेवा  दिदै आएको समेत सो अवसरमा जानकारी गराइयो ।