इटहरी । पाथिभरा सेकेण्डरी स्कुललले बिद्यार्थीहरुको क्षमता अभिवृद्धी गर्ने उदेश्यले पाथिभरा ट्यालेन्ट हन्टको पहिलो चरणको पिजी देखी कक्षा एक सम्मको ग्राण्ड फिनाले सम्पन्न गरेको छ । बिद्यालयमा अध्यनरत कक्षा पिजि देखि कक्ष १ सम्मका २ सय ५० बिद्यार्थीहरुको सहभागितामा विभिन्न प्रतियोगिताको आयोजना गरिएको हो ।
सो कार्यक्रममा बिद्यार्थीहरुले नृत्य, गायन, बोल्ने कला, फेसन सो,अभिनय कला लगायतका प्रतिभाहरु प्रस्तुत गरेका थिए । प्रत्येक बिधामा बिद्यार्थीहरुलाई प्रथम,द्धितिय र तृतिय घोषणा गरिएको थियो ।
प्रथम,द्धितिय र तृतिय हुने बिद्यार्थीहरुलाई ट्रफि ,मेडल बितरण गरिएका स्कुलकि बोर्डअफ डाईरेक्टर चन्द्रिका भण्डारीले जानकारी दिईन ।
नृत्य प्रशिक्षक प्रनिसा उदास र इटहरी लेडिज जेसिजकि अध्यक्ष इन्दिरा काफ्लेले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।
स्कुलले समय अनुकुल विद्यार्थीहरुको सिकाइका लागि प्रविधियुक्त कक्षाहरु सञ्चालन गरिदै आएको र पठन संस्कृति, सिप शिक्षा, आध्यात्मिक साधन ज्ञान , लगायतका विषयमा विद्यालयले विद्यार्थी,अभिभावकको मन जित्न सफल हुदै आएको छ ।
स्कुलले पिजी देखिनै १० सम्मका विद्यार्थीहरुमा भएको प्रतिभाहरु लाई प्रस्तुत संगै प्रतियोगिताको आयोजना गरेर विद्यार्थीको प्रतिभालाई प्रोत्सान दिने उदेश्यले विभिन्न अतिरिक्त कार्यक्रमहरु संचालन गर्दै आएको गर्दै आएको पाथिभरा वोर्डिङ स्कुल व्यवस्थापन समितिका अध्यक्ष निर्मल कुमार रिजालले जानकारी दिए ।
बद्री प्रसाद दाहालको प्रमुख आतित्थथमा भएको कार्यक्रममा पाथिभरा सेकेण्डरी स्कुलका प्रधानध्यपक डाक्टर गोपाल श्रेष्ठ लगायत विद्यार्थीहरुका अभिभावकहरुको उल्लेखनिय संख्यामा सहभागिता रहेको थियो ।
२०४८सालमा स्थापना भएर सञ्चालन हुदै आएको पाथिभरा सेकेण्डरी स्कुलमा हाल प्ले गु्रप देखि कक्षा १० सम्म ८सय वढी विद्यार्थीहरु अध्ययनरत रहेका छन ।




















