इटहरी । पछिल्लो समय लागु औषधको सेवन तथा ओसारपसार बढ्दै गएपछि विद्यार्थीलाई कुलतबाट जोगाउन इटहरी नमुना कलेजले लागु औषध तथा आत्महत्या न्युनिकरण सम्बन्धी दुई दिने सचेतना कार्यक्रमको आयोजना गरेको छ ।
समुदाय प्रहरी साझेदारी, र इटहरी नमुना कलेजको संयुक्त आयोजनामा कलेजमा अध्यनरत विद्यार्थीहरु लाई लागु औषधको कुलत बाटा हुने लक्षण तथा लागु औषध दुब्र्यसन रोकथाम सम्बन्धी चेतनामूलक अन्तरक्रिया कार्यक्रम गरेको हो ।
इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरिक्षक रमेश बनले विद्यार्थी युवालाई लागू औषध तथा मादक पदार्थको प्रयोगबाट हुने असरहरू विभिन्न प्रकारका सरुवा रोगहरूको संक्रमण हुनु , आर्थिक, सामाजिक, पारिवारिक विचलन हुनु पुरानो साथीहरू छोड्दै जानु, नशा तथा अन्य क्रियाकलापको लागि ढाँट्दै जानु, शारीरिक रुपमा कुपोषण भए जस्तो कमजोर देखिनु लगायतका विषयमा सहजिकरण गरेका थिए । 
कार्यक्रममा विद्यार्थीहरुलाई पाठयक्रममा उल्लेखित विषयवस्तुलाई प्रभावकारी तरिकाले विद्यार्थीलाई सामाजिक समस्याहरु लाई न्युनिकरण गर्न सहयोग पुर्यउने, किशोर अवस्थामा हुने दुब्र्यसनलाई न्युनिकरण गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरेको सामाजिक विषय शिक्षक अर्जुन त्रितालले जानकारी दिए । 
इटहरी नमुना कलेजका क्याम्पस प्रमुख धर्म न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ११ मा अध्यनरत होटेल मेनेजमेन्ट ,कम्प्युटर साईन्स,कानुन संकाय,ब्यवस्थापनका चार सय बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।




















