इटहरी । नागरिक समाज इटहरीको १८ औं नागरिक भेलाले आर के राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।
नागरिक समाजको इटहरीमा सोमबार भएको भेलाले नयाँ समिति चयन भएको छ । इटहरीका आरके राईको अध्यक्षतामा नयाँ समिति चयन भएको हो । समितिले तत्काल वरिष्ठ उपाध्यक्ष , उपाध्यक्ष,महासचिव,सचिव , सहसचिवमात्र चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षहरुमा दोर्ण वहादुर न्यौपाने , भोलाकाजी बस्नेत र गंगा आचार्य घिमिरे महासचिव सुरेन्द्र तामागं ,सचिवमा लक्ष्मी थेबे सहसचिवमा तेज दाहाल लाई चयन गरेको हो ।
इटहरीको र्दुगा र्पाटी प्यालेसमा भएको कार्यक्रममा समाजका पूर्व अध्यक्ष बद्री विशाल पोख्रेल, जगदिश प्रसाद ओली, सन्तबहादुर डुम्जन ध्रुब सुब्बा लगायतको भेलाले चयन गरेको छ भने र्अको बैठकबाट सदस्यहरुको नामवलि सार्वजनिक गरिने पनि जनाइएको छ ।
कार्यक्रमकी अध्यक्ष बालिका खड्का भट्टराईले आफ्नो कार्यकालभरी बिभिन्न समयमा गरिएको कार्यक्रम र प्राप्त उपलब्धीबारे मन्तब्य राखेकि थिइन । त्यस्तै समाजकी तत्कालिन महासचिव गंगा आचार्य घिमिरले स्थानीय तहमा भएका अनीयमितता तथा भ्रष्ट्रचार विरुद्ध बिभिन्न कार्यक्रमहरु गरि जनचेतना जगाउने काम गरेको लगायतका प्रतिवेदन पेस गरेकि थिइन ।
सो र्कायक्रममा संघीय सांसद अशोक कुमार चौधरी, प्रदेश सांसद मिना श्रेष्ठ , राप्रपा नगर अध्यक्ष आकाश लिम्बु , नेकपा माओवादि केन्द्र नगर कमिटिका उपाध्यक्ष कविन्द्र बहादुर केसी , इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक रमेस बन , नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य अमर खडका लगायतको उपस्थिती रहेको थियो ।