इटहरी । इटहरीमा रहेको पाथीभरा बोर्डिङ स्कुले पठन पाठन संगै विभिन्न अतिरिक्त क्रियाकलापमा जोड दिदै प्रविधिमैत्री शिक्षा प्रदान गर्दे आएको छ । 

सोही क्रममा  बिद्यार्थीहरूलाइ एकै दिन नौ वटा बिभिन्न बिधामा प्रशिक्षण कार्यक्रम प्रदान गरिएको हो  । 

ऋषी पञ्चमीको अवसरमा सार्वजनिक बिदा घोषणा गरिरहेको बेला स्कुलले भने महिला शिक्षकहरु लाई पनी विदा दिएको छ । 

सोही विदाको अवसरलाइ सदुपयोग गर्दै बिद्यार्थीहरूको पर्सनालिटी डेभलोपमेन्ट, पब्लिक स्पिकिङ, न्युरोलिङ्गुइस्टिक प्रोग्रामिङ, फाइनान्सियल लिटरेन्सी, पावर अफ पोजेटिभ थिंकिङ,  मोटिभेस्नल सेसन, डिजिटल अटिजम, क्युरोसिटि एन्ड क्रियटिभिटी लयागत   बिभिन्न ९ वटा बिधामा सहजिकरण प्रदान गराएको हो । 

स्कुलले पिजी देखि कक्षा २ सम्मका बिद्यार्थीहरूलाइ अध्ययन र अध्यापनको प्रशिक्षण दिएको छ । WhatsApp Image 2024-09-08 at 18.24.57 (1)

बिध्यालयमा अध्यानरत कक्षा १० का छात्राहरू एक दिन शिक्षिका बनेर अध्यापन गराएका थिए ।

पाथिभरा स्कुलले २÷३ वर्ष देखि विद्यार्थीहरुलाइ अत्तित क्रियाकलापमा संग्लन गराउदै आइरहेको छ । विद्यार्थीहरुको क्षमतामा वद्धिहोस भन्ने उदेश्यले  आज ९ वटा कार्यक्रम गरेको छ ।

जसमा इनर्जी,पब्लीम स्पिकिङ,बैंकिङ, मोटिभेसनल, स्पिज जस्ता विभिन्न कार्यक्रमको आयोजना गरेको र  ९ र १० का विद्यार्थीले मन्टेश्रीका कक्षा संचालन गराएर भविस्यमा नेतृत्व विकासमा छात्राहरूले आफुलाइ थप सफलता मिल्ने पाथीभरा बोर्डिङ स्कुलका अध्यक्ष निर्मल रिजालले बताए । WhatsApp Image 2024-09-08 at 18.24.57

विद्यालयमा विभिन्न कक्षामा अध्यनरत बिद्यार्थीहरूलाइ सञ्चारकर्मी लिलाराज भट्टराइले  पब्लिक स्पिकिङ एन्ड ग्लोसोफोविया सम्बन्धी प्रशिक्षण दिएका थिए । 

डाक्टर बिपी रेग्मीले न्युरोलिङ्गुइस्टिक प्रोग्रामिङ सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।

त्यस्तै इटहरीको लायन्स भवनमा प्रशिक्षक बिनोद कार्कीले पर्सनालिटी डेव्लभमेन्ट , त्यस्तै एनएमबी बैंकका म्यानेजर रविन भण्डारीले फाइनान्सियल लिटरेन्सी , सामाजिक अभियान्ता रोमन कट्टेलले मोटिभेस्नल सेसन , नविन झुनझुनवालाले पावर अफ पोजेटिभ थिंकिङ , सामाजिक कार्यकर्ता पुनम जजोडियाले क्युरोसिटि एन्ड क्रियटिभिटी ,प्रमेस कुमार कटुवालले डिजिटल अटिजम र नर्स सिवानी कार्कीले गुड टर्च एन्ड ब्याड टच अवानिज सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए । WhatsApp Image 2024-09-08 at 18.24.40

बिद्यालयमा अध्ययन्रत बिद्यार्थीहरूलाइ एकै पटक नौ वटा बिधामा प्रशिक्षण प्रदान गर्दा उनिहरूले आफ्नो क्षमता अभिबृद्धि संगै सिकेको ज्ञानलाइ व्यवहारमा उतार्न सक्ने बिश्वास लिएको स्कुलका प्रिन्सिपल डा.गोपाल श्रेष्ठले जानकारी दिए । 

२०४८ सालमा स्थापना भएको पाथिभरा स्कुलले  पछिल्लो समय प्रविधिमैत्री शिक्षा प्रदान गर्दै विद्यार्थीहरू संगै अभिभावकहरूको मन जित्न सफल हुदै आएको छ ।