इटहरी — इटहरीका चोकचोकमा छाडा चौपाया दिनहुँ सास्ती दिदापनि इटहरी उपमहानगरपालिकाले व्यवस्थापन गर्न सकेको छैन् । महिनौदेखि बजारभरीका छाडा चौपायाले पैदलयात्रीदेखी व्यवसायीहरुलाई सास्ती दिने गरेको छ । चौपायाकै कारण दिनहुँजसो सडक दुर्घटना हुने गरेको ट्राफिक प्रहरीहरु बताउँछन् ।

‘छाडा चौपायाको व्यवस्थापन गर्ने प्रमुख दायित्व इटहरी उपमहानगरपालिकाको हो’, इटहरी व्यपसायी अनित कार्कीले भने,‘पटक पटक उपमहानगरको ध्यानाकर्षण पनि गराएका छौँ । तर, व्यवस्थापन भएको छैन् ।’ यसले व्यवसायीको सुरक्षासँगै सडकको सौन्दर्यता र बजार अस्तव्यस्त बनाएको उनले प्रतिक्रिया दिए । छाडा चौपाया हेरेर नगरपालिका ‘रमिते’ बनिरहेको समेत व्यवसायीहरुले आरोप लगाएका छन् । पूर्व पश्चिम महेन्द्र राजमार्ग क्षेत्रमा छाडा चौपायाले व्यवसायीहरुलाई सास्ती दिने गरेको छ ।