इटहरी । नेपाली हिन्दु महिलाहरुले मनाउने महान पर्व हरितारिका तिजको अवसर पारेर इटहरी लेडि जेसिजले तिज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
शुक्रबार इटहरी लेडिज जेसिजले इटहरीको पश्चिम लाईनमा तिज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
तिज विशेष सांस्कृतिक कार्यक्रमका आर्कषण पुर्वकै चर्चित लोक दोहरी गायिका गंगा गौतम,लोक गायिक अञ्जु गौतम र गायिका रिता राउतले तिज गितहरु गाएर मनोरञ्जन गराएका थिए भने पँचरुखी जेष्ठ नागरिक संगिनी समुह,विराटजगर संगिनी समुह र इटहरी ९ को संगिनी समुहले संगिनी गित संगै नाचेर कार्यक्रम अझ उत्साह जनक भएको थियो ।
त्यस्तै आजा हरितालिका तिजको ब्रत बसेका इटहरी लेडीजकी सस्थापक अध्यक्ष,पुर्व अध्यक्षहरु जेसिजका पदाधिकारी तथा जुनियर जेसिजका महिलाहरुले विभिन्न तिज गितहरुमा उत्साहजनक रुपमा नाचगान गरेर रमाइलो गरेका थिए ।
देवकालिन समयमा पार्वतीले महादेवलाई पति पाउ भन्दै कठोर वत्र वसेर महादेवले बर पाएको विश्वासका साथ हिन्दु महिलाहरुले पतिको दिर्घायुको कामना गर्दै वर्त वस्ने परम्परा रहेको छ । त्यसै गरी अविवाहित युवतिहरुले सुयोग्य बर पाउ भन्ने कामना सहित वर्त वस्ने गरेको कार्यक्रममा सहभागीहरुले बताएका छन् । 
इटहरी लेडि जेसिजले आयोजना गरेको तिज सांस्कृतिक कार्यक्रममा जिल्ला प्रशासन कार्यलय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको प्रमुख अतिथ्यमा रहेको थियो । 
इटहरी लेडि जेसिजकी अध्यक्ष ईन्दिरा काफ्लेको अध्यक्षता तथा कार्यकारी उपाध्यक्ष यमुना बुढाथोकीको संयोजकत्व रहेको कार्यक्रक्रममा विभिन्न संघ,सस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । 
तिजका अवसरमा तिजका अवसरमा महिलाहरुले सांस्कृतिक कार्यक्रम गरी इटहरीका अन्य स्थानहरु साथै इनरुवा , झुम्का लगायतका ठाउँहरुमा पनि विभिन्न संघ सस्थाहरुले तिज कार्यक्रमहरु गरेर मनाएको छ ।




















