इटहरी ।  नेपाली हिन्दु महिलाहरुको महान पर्व तिजलाई लक्षित गरी हरेक वर्षझै  यो वर्ष पनी निरन्तरता दिदै विश्व आदर्श एकेडेमीले  हरितालिका तीज विशेष सांस्कृतिक विमर्श एवम् सांस्कृतिक कला प्रस्फुटन कार्यक्रम सम्पन गरेको छ । 

विहिबार दुर्गा पाटी प्यालेसमा आयोजित कार्यक्रममा इटहरीमा रहेर संघर्स गरेर सामाजिक ब्यातित्व बन्न सफल महिलाहरु लाई मुख्य बक्ताको रुपमा सहभागि गराएर कलेजमा अध्यनरत  विद्यार्थीहरु संग  तिज पर्व कसरी मनाउनु पर्छ र समाजमा भएका विकृती हटाउदै परम्परागत पर्वका विषयमा बक्ताहरुले बोलेका थिए ।

कार्यक्रममा कलेजमा अध्यनरत विभिन्न संकायका विद्यार्थीहरुले गायन तथा नृत्यका प्रतिभाहरु प्रस्तुत गरेका थिए भने भ्वाइस अफ द किड्सकी सहभागी टेनिशा परियार र ब्रह्मकुमारी निशा थापा लगायतले पनी आफ्नो गितहरु गाएर मानोरञ्जन गराएका थिए ।  

WhatsApp Image 2024-09-05 at 18.02.54

आजभन्दा २०÷२५ वर्ष अगाडी र अहिलेको तिज धेरै भड्किलो देखिएको छ हामो्र समाजमा १महिना अघि लेखि तिज मनाउदै आएका छौ तर  विश्व आर्दश कलेजले आजको दिनलाइ महत्व मानेर तिजको कार्यक्रम गरेको छ । यो तिज भनेको टाढाटाढा रहेका चेलिबेटिहरुलाइ बोलाएर खुसी साटासाट गर्ने चलन रहेको ब्रह्मकुमारी राजयोग सेवा केन्द्रकी मुख्य संचालिका ब्रह्मकुमारी शारदा सिटौलाले बताइन ।

टाढाटाढा रहेका आफ्ना चेलिहरुलाइ बोलाएर मिठामिठा परिकार खानदिएर रमाइलो गर्ने चलन रहेको छ । तर  अहिले छोराछोरिलाइ राम्रो शिक्षा दिएर एक छाक राम्रो खान एक वर्ष पर्खनु नपर्ने र तिजको महत्वका विषयमा नागरिक समाज इटहरीकी अध्यक्ष बालिका खड्का भट्टराइले बताइन ।WhatsApp Image 2024-09-05 at 18.02.54 (1)

तिज अहिले निकै भड्किलो हुदै भएको र तिजले हामो्र विरासललाइ जोगाउन सकेको छैन भनेर पाँच जना नारीहरुले समाजमा गरेका कामहरुको प्रसंशा गर्दै विद्यार्थीहरु लाई तिजको महत्वके हो भन्ने विषयमा जानकारी हुन आवस्यक रहेको विश्व आर्दश कलेजका अध्यक्ष लेखनाथ घिमिरेले बताए ।

कार्यक्रममा निःसहाय बालबालिका सेवा आश्रमकी संचालिका गीता गौतम, जनता बहुमुखी क्याम्पस प्रमुख गीता अधिकारी पौडेल र मायाघर नेपालकी अध्यक्ष शुभद्रा प्याकुरेलले पनी तिजका विभिन्न महत्वका विषयमा जानकारी गराएका थिए । WhatsApp Image 2024-09-05 at 18.02.53 (1)

प्रत्येक वर्ष कलेजले छात्राहरु लाईमात्र सहभागी गराएर विभिन्न कार्यक्रम गर्दै आएकोमा यस वर्ष तिज हरितालिका तीज विशेष सांस्कृतिक विमर्श तथा कला प्रस्फुटन संगै दर खुवाउने कार्यक्रम गरेर मनाएको कलेजका प्राचार्य गणेशकुमार दुलालले जानकारी गराए । 

 कार्यक्रममा सहायक प्राचार्य रितेश चौधरी,कार्यक्रम संयोजक हरि खतिवडा,े कार्यक्रम व्यवस्थापक सुजन पुरी, कलेज संयोजक माधव कुमार थापा, पूर्व विद्यार्थी समाजका अध्यक्ष सुरज अग्रवाल, शिक्षक तथा कर्माचारीहरुको सहभागिता रहेको थियो ।