इटहरी । शिन्यो एन इटहरीको शाखा विस्तार संगै भेला तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । 

इटहरी सेन्टरमा भएको उद्घाटन कार्यक्रममा आध्यात्मिक ज्ञान संगै शिन्यो मन्तर बाचन र ध्यान तथा अन्तरक्रिया गरेको हो ।

कार्यक्रमका  प्रमुख अतिथी जापानिज नागरिक थाईलेण्ड चिफ यामामोतो शानले शिन्यो एनका विषयमा जानकारी गराएका थिए । 

यो सस्थाले बुद्धको प्राथना गरी ज्ञानको गुन्जन नमो शिन्यो मार्फत, आध्यात्मिक गृहको, अझै बृद्धि गरौं माया र हेरचाहका साथमा, अरुको कल्याणका लागि कार्य गरौ, हामी भित्र अन्तरनिहित, दृढ विश्वासको स्तम्भलाई, मजबुत बनाऔं भन्ने विस्वासका साथ १९३६मा जापानमा स्थापना भएको यो सस्था काठमाण्डौ लगायतका विभिनन स्थानमा स्थापना हुने क्रम रहेको छ । WhatsApp Image 2024-09-01 at 19.02.45

कार्यक्रममा सहभागिताहरुले यो सस्थामा लागेर ध्यान गर्दा कुनै पनि समस्या तथा विरामी भएकोे घरमा अप्ठ्यारो अवस्थामा पुकार गर्ने यो तिन प्रकारको मन्त्र बाचन गर्ने गर्दा विरामी ठिक हुने र सबै धर्मका मानिसहरुले पनी पार्थना गर्न मिल्ने बताएका थिए ।

आत्माको प्रतिकार परिवर्तनको लागि महत्पुर्ण कार्य हो आफुलाई परिवर्तन गर्न सक्ने र पहिला साना साना कुरा हुदा पनि काठमाडौँ जानुपर्ने र आफ्नो जिवनमा धेरै परिवर्तन आएको र आत्मा खुसिको लागि काम गर्ने भएको हुदा स्थानियको सहयोगमा शिन्यो एन इटहरी सेन्टर स्थापना गरिएको बलबहादुर न्यौपानेले बताए । 

 यो सेन्टरमा प्रत्येक शनिवार विहान ८ बजे ध्यान तथा पार्थना हुने पनी जानकारी गराए ।  कार्यक्रममा बद्रीकुमार श्रेष्ठ,लक्ष्मण राज भण्डारी,भद्रपुर नगर पालिकाकी उपप्रमुख राधा कार्की लगायतको सहभागिता रहेको थियो ।